“ये लांग च ता” भन्ने उखान
चीनमा निकै प्रसिद्ध छ। यसको अर्थ
आफूलाई निकै ठूलो ठान्नु भन्ने
हो। यो उखान दुइ हजार वर्ष अघि
चीनको दक्षिण-पश्चिमी भागमा रहेको
ये लांग प्राचीन राज्यमा प्रचलित
एउटा कथा हो। चीनको क्वै चौ
टारभूमिमा पर्ने ये लांग प्राचीन
राज्य एक सय वर्षसम्म निकै समृद्ध
थियो। तर पछि सो राज्य पुच्छ्रे
तारा जस्तै हरायो। यस शताव्दीको
शुभारम्भमा चीनका
पूरातत्वविदहरुले क्वै चौ
प्रान्तको ह चांग जिल्लामा पत्ता
लगाएको प्राचीन समाधिस्थलबाट ये
लांग प्राचीन राज्यका बारेमा केही
गोप्य कुरा थाहा पाएका छन।
सन 2001 को सेप्टेबरमा
दक्षिण-पश्चिमी चीनको क्वै चौ
प्रान्तको ह चांग जिल्लाको ख ल
गाउँमा प्राचीन ये लांग राज्यका
108 वटा समाधिस्थलहरु फेला
पारिएको छ। ये लांग प्राचीन राज्य
सम्बन्धी पूरातत्व कार्यमा यस पटक
सबैभन्दा बढी बस्तुहरु फेला
पारिएको छ। ये लांग राज्यको
प्राचीन सँस्कृति र इतिहासको
अध्ययनका लागि यसको निकै
महत्वपूर्ण अर्थ छ। यस उपलव्धिलाई
“सन 2001 मा चीनका दशवटा सबैभन्दा
महत्वपूर्ण पूरातत्व
कार्यक्रमहरुमध्येको एक” मानिएको
छ। ये लांग प्राचीन राज्य नै
पहिले चीनको दक्षिण-पश्चिमी
क्षेत्रमा रहेको अल्पसंख्यक
जातिको एउटा बलियो शासन थियो। इशा
पूर्व तेस्रो सताव्दीदेखि इस्वी
सम्वत पहिलो शताव्दीसम्म ये लांग
राज्य दुइ सय जति समयमा भएको
थियो। इशा पूर्व दोस्रो शताव्दीमा
चीनको सि हान वंशका प्रसिद्ध
इतिहासविद स मा छ्येनले आफ्नो
वंशका दूतका साथमा चीनको
दक्षिण-पश्चिमी भागमा बसोबास
गर्ने विभिन्न अल्पसंख्यक
जातिहरुका राज्यहरु पुग्नुभएको
थियो। उहाँले तयार पार्नुभएको
प्रसिद्ध ऐतिहासिक किताब “श ची”
का अनुसार दक्षिण-पश्चिमी भागमा
रहेका विभिन्न जातीय राज्यहरुमा
ये लांग सबैभन्दा सशक्त राज्य
थियो र तिनताका ये लांगको सैनिक
बल एक लाख जति थियो। त्यहाँका
नदीहरुमा ये लांग राज्यका जहाजहरु
आएको-गएको देखिन्थ्यो र त्यो त्यस
राज्यको समृद्धीको संकेत थियो। ये
लांग राज्यका सम्राटले सि हानका
दूतसँग कुराकानी गर्दा “तपाईंको
हान राज्य ठूलो कि मेरो ये लांग
राज्य ठूलो” भन्ने प्रश्न गरेका
थिए। तिनताका चीनका अधिकांश
क्षेत्रहरुमाथि चीनको हान वंशको
शासन थियो। तर ये लांग
टाढा-टाढाको पहाडी क्षेत्रमा
भएकाले ये लांग राज्यका सम्राटले
हान वंशको शक्ति बारे त्यति
स्पष्ट थाहा पाएका थिएनन। त्यसैले
उनले उक्त प्रश्न उठाएका थिए।
त्यसपछि “य लांग च ता” भन्ने उखान
चीनमा फैलियो। यो नै दुइ हजार
वर्षअघि ये लांग राज्यको
अस्तित्वको प्रमाण पनि हो।
ये लांग प्राचीन राज्य साँस्कृतिक
विविधताले भरिपूर्ण थियो। सो
राज्यको पतनपछि यसको इतिहास बारे
लामो समयसम्म कसैलाई पनि थाहा
थिएन। चीनका अल्पसंख्यक जातिहरुको
प्राचीन इतिहासको एउटा रहष्य थियो
यो। ये लांग प्राचीन राज्यका
धेरैजसो भागहरु अहिलेको चीनको
क्वै चौ प्रान्तमा पर्दथ्यो। क्वै
चौ प्रान्तको ह चांग जिल्लामा
फेला पारिएका विभिन्न पूरातात्विक
वस्तुहरुबाट तिनताका ये लांग
राज्यको समृद्धिको अवस्थाबारे
अनुमान गर्नसकिन्छ। ये लांग
प्राचीन राज्यको सभ्यताका बारेमा
अध्ययन गर्नु नै क्वै चौ
प्रान्तको पूरातत्व विभागको
महत्वपूर्ण कार्यक्रम रहेको छ। ह
चांग जिल्लाको खल गाउँमा फेला
पारिएको समाधिस्थलहरुको समूहबाट
ये लांग प्राचीन राज्यमा मृतकको
अन्तिम क्रियाक्रम सम्बन्धी विशेष
चलनबारे थाहा पाइएको छ। यो नै सन
2001 मा चीनमा दशवटा महत्वपूर्ण
पूरातत्व कार्यहरुमध्येको एक पनि
हो।
ह चांग जिल्लाको खल गाउँमा फेला
पारिएका समाधिस्थलहरु नजिक-नजिक
रहेका छन। त्यसमा भएका हरेक
चिहानको आकार त्यति ठूलो छैन।
सामान्य रुपमा त्यसको लम्बाइ तीन
मिटर छ भने चौडाइ एक मिटर जति छ।
ती समाधिस्थलहरुको के विशेषता छ
भने तीनमा समाधिष्ट गरिएका
अधिकांश व्यक्तिहरुको टाउकालाई
भाँडाजस्तो वस्तुले ढाकिएको
देखिन्छ। केही मृतकहरुको टाउको
ढाकिनुका साथै त्यसका गोडा पनि
छोपिएका छन। यस्तो प्रचलनबाट ये
लांग राज्यका बासिन्दाहरु भाँडा
जस्ता वस्तुहरुका भक्त थिए भन्ने
ठहर केही विशेषज्ञहरुले व्यक्त
गरेका छन भने केही विशेषज्ञहरुले
यस्तो विशेष रीतिरिवाज र धार्मिक
धारणा बारे अझ गहन रुपमा अध्ययन
गर्नुपर्ने कुरामा जोड दिएका छन।
खल गाउँमा उत्खनन गरिएका तामाका वस्तुहरुबाट
चीनको क्वै चौ प्रान्तमा तामाका
वस्तु सम्बन्धी सँस्कृतिको अभावको
पूर्ति गरिएको छ। यसको विशेषता
अन्य जातिहरुसँगको भिन्नताको
अध्ययनको अवसर पनि हो। त्यहाँ
फेला पारिएका भाँडा र तामाका
वस्तुहरु चीनको मध्य भाग र अन्य
क्षेत्रहरुमा फेला पारिएको छैन।
यो ये लांग प्राचीन राज्यको
विशेषता हो। ह चांग जिल्लाको खल
गाउँमा फेला पारिएको
समाधिस्थलहरुको समूहबाट ये लांग
राज्यको इतिहास बारे राम्रोसँग
थाहा पाउन सकिन्छ। यसबाट दुइ हजार
वर्षअघि बिलिन भएको सोही प्राचीन
राज्यका बारेमा राम्रोसँग थाहा
पाउन सकिन्छ। यो नै ये लांग
प्राचीन राज्यको गोपनीयतालाई
खोतल्ने साँचो भएको ठहर केही
विश्लेषकहरुले गरेका छन।