प्रिय मित्रहरु, तपाईंहरुलाई थाहा
छ होला, अंग्रेजी शब्द चाइनाका २
वटा अर्थ रहेका छन् । एउटा अर्थ 'मेरो
मातृभूमी चीन हो' भने अर्को अर्थ
'चिनियाँ माटोले बनाएको चीजबीज' ।
लामो समय अघिदेखि चीनलाई चिनियाँ
माटोले बनाइएका भाँडा-वर्तन -- 'च
छी' को मातृभूमि मानिंदैआएको छ ।
त्यसो भए चीन र च छी अर्थात् चाइना
बीच के कस्तो सम्बन्ध छ त ? आज म
तपाईंहरुसँग चाइनाको इतिहासबारे
चर्चा गर्नेछु।
सामग्रीबाट प्रमाणित
भइएको छ, चिनियाँ माटोको पहिलेको
रुप प्राचीन छिङ च अर्थात् हरियो
रंगका चिनियाँ माटोका भाडा हुन् ।
थाहा भएअनुसार, चीनको सबैभन्दा
पुरानो छिङ चलाई चीनको शानसी
प्रान्तमा पर्ने स्या अंचलमा रहेको
लुङ शान सांस्कृतिक भग्नावशेषमा
भेट्टाइएको थियो । त्यो प्राचीन
छिङ च ४ हजार २ सय वर्षअघि बनाइएको
थियो ।
वास्तवमा चीनमा पहिलो पटक देखा
परेको च छी अर्थात् चिनियाँ
माटोबाट बनाइएका भाँडा-वर्तन तोङ
हान राजबंश (सन् २३-२२०)मा बनाइएको
थियो ।
११ औं शताव्दीदेखि १३ औं
शताब्दीको आरम्भसम्म चीनका थाङ र
सोउङ यी २ वटा राजबंशकालमा चीनमा
च छी बनाउने प्रविधि निरन्तर रुपमा
विकसित हुंदैगइरहेको थियो । थाङ
सान छाइ त्यस समयमा देखा परेको एक
किसिमको रङ्गगीचङ्गी च छी हो ।
थाङ सान छाइले चिनियाँ चित्र,
मूर्ति आदि कलाका विशेषताको उपयोग
गरेर एउटा सामानमा एकै चोटी रातो,
हरियो एवम् सेतो यी ३ वटा आधारभूत
रङ्गको प्रयोग गरी उच्च तापक्रममा
तताउँदा यी ३ वटा रङ्ग मिसिएर धेरै
रङ्ग देखा पर्न सक्छन् भन्ने कुरा
प्रमाणित गरेको छ । थाङ सान छाइमा
पहिलेका ३ वटा रङ्ग मिसिएपछि बनेका
अन्य रङ्ग सबै देखा पर्न सक्नु
थाङ सान छाइको विशेषता छ ।
मिङ राजबंश (सन् १३६८-१६४४) एवम्
छिङ राजबंश (सन् १६४४-१९११) काल
चीनमा च छीको उत्पादनको स्वर्णयुग
थियो । त्यस बेला च छीको उत्पादन
तथा उत्पादित बस्तुहरुको गुणस्तर
निकै उच्च थियो । त्यति बेला चीनको
दक्षिणी भागमा पर्ने शहर चीङ द चन
च छीको नामले प्रसिद्ध शहर बन्यो
र अहिलेसम्म चीनभरि सर्वोच्च
गुणस्तरको च छी त्यसै शहरमा
बनाइन्छ ।
अनि च छीबारे अरु देशका मानिसहरुले कसरी
थाहा पाए त ?
च छी अर्थात् चिनियाँ माटोले बनाएका
बस्तुहरुलाई ८ औं शताब्दीदेखि
विदेशतर्फ निर्यात गर्न शुरु गरियो
। तपाईंहरुलाई थाहा छ होला,
त्यसअघि निकै प्रसिद्ध भएको सिल्क
रोडबाट चीन र अरु देश बीच
व्यापारिक तथा साँस्कृतिक आदान
प्रदान शुरु भइसकेको थियो । त्यति
बेला चीनलाई रेशम मुलुक भनिन्थ्यो
। ८ औं शताब्दीपछि च छीलाई अरु
देशमा निर्यात गर्ने क्रममा चीनले
च छी अर्थात् चिनियाँ माटोले
बनाइएका बस्तुहरुको मुलुकको नाममा
विश्वव्यापी प्रसिद्धी कमाएको
देखिन्छ ।
शुरुमा एशिया च छीको मुख्य बजार थियो । १७ औं
शताब्दीको शुरुदेखि पश्चिमी
मुलुकका राजपरिवारहरुमा च छीको
संकलन गर्ने प्रवृति देखा पर्यो ।
अहिले विश्वभरी च छी अर्थात् चिनियाँ माटोले बनाइएका
भाँडा-वर्तनहरु किन्न पाइन्छ ।
बेलायत एवम् युरोपेली महाव्दीपमा
प्रचलित भइरहेकोले अंग्रेजी शब्द
china पनि चिनियाँ माटोले बनाइएका
बस्तुहरुको पर्याय बन्न गयो ।
जसबाट चीन तथा च छी यी २ वटा अर्थ
फरक भएतापनि एउटै शब्दको प्रयोग
गरिंदै आएको छ ।