विश्वमा सबैभन्दा ठूलो प्राचीन तामाको भाँडो
CRI


           सन 1939 को मार्चमा चीनको मध्य भागमा पर्ने ह नान प्रान्तको आन याँग जिल्लाको ऊ कोन गाउँको उत्तरी क्षेत्रमा विश्वमा सबैभन्दा ठूलो प्राचीन तामाको भाँडो फेला पारिएको छ। सो तामाको भाँडोको तौल 875 किलो छ। चार पाटे त्यस भाँडाको उचाइ 133 सेन्टिमिटर छ भने लम्बाइ 110 सेन्टिमिटर र चौडाई 78 सेन्टिमिटर छ। यस्तो ठूलो भाँडो केका लागि बनाइएको होला? यसलाई कसरी बनाइयो होला? सम्बन्धित विशेषज्ञका अनुसार, सो भाँडाको नाम स मु ऊ हो। स मु ऊ भनेको आमाको यज्ञ गर्नु हो। सो स मु ऊ नै चीनको शांग वंशका सम्राट चु खांगले आफ्नी आमा पी ऊको यज्ञ गर्नका लागि प्रयोग गरेको भाँडो थियो। पहिले विशेषज्ञहरुले यती ठूलो तामाको भाँडो बनाउँदा छुट्टा-छुट्टै रुपमा त्यसका विभिन्न भागहरु बनाएपछि जोडेर सिंगो पार्नुपर्ने ठहर लिनुभएको थियो। तर हालको अध्ययनको नतिजा अनुसार यसलाई एकै चोटी बनाइएको थियो। अथवा यो ढलोट प्रविधिका आधारमा बनाइएको थियो। यसलाई बनाउनु अघि चिनियाँ माटोको प्रयोग गरी नमूना बनाइएको थियो। त्यसका विभिन्न भागका नमूनाहरु बनाएपछि ती नमूनाहरुलाई जोडेर एउटा ठूलो नमूना बनाइएको थियो। र अन्तमा त्यो ठूला नमूनामा ढालेर उक्त विशाल तामाको भाँडो बनाइएको थियो।