CRI
उत्तर-पश्चिमी चीनको पल्लो शान्सी
प्रान्तको छाले छाँया-चित्रित
ओपेरामा स्थानीय लोक-वाचकहरुले कथा
सुनाउने विभिन्न लक्षणहरुको लेश
देख्न पाइन्छ। जुन आधुनिक कालमा
पल्लो शान्सीका विभिन्न स्थानीय
ओपेराहरुको पूर्व रुप हो।
पल्लो शान्सी प्रान्तको छालाको
छाँया-चित्रको बाहिरी आकृति सरल,
चोखो र चहकिलो देखिन्छ। यसका साथै
त्यो निकै सूक्ष्म र मसिनो शैलीमा
रहेको कलात्मक विशेषतायुक्त छ।
तिनका पात्रहरुको बाहिरी रुप-आकार
आकर्षक, जीउँदो-जाग्दो र सुन्दर
देखिन्छ। ती पात्रहरुको भित्री
भाग खोक्रो भएपनि उचित ठाउँमा
नकुँद्ने गरिन्छ जसबाट जटिलता र
सरलता प्रदर्शित हुनुका साथै
नक्कली र सक्कली एक-अर्कासँग एकदमै
राम्रोसँग गाँसिएको देखिन्छ।
छाँया-चित्रित पात्रहरु,
पात्रहरुले प्रयोग गर्ने साधनहरु
तथा पृष्ठभूमिका दृश्यहरुका
विभिन्न भागमा फरक बुट्टा भए पनि
सिंगो चित्र हेर्दा निकै शानदार,
चिटिक्क परेको, सरल र गहकिलो
देखिन्छ। प्रत्येक पात्रको
विभिन्न भाग हेरुँ-हेरुँ जस्तो
मात्र नभई सिंगो पात्र हेर्दा पनि
साँच्चो, वास्तविक र सजिव देखिन्छ।
यसबाट एउटा ज्यादै राम्रो र
शोभायमान कलात्मक रुप बन्नपुगेको
छ।
(चित्र:यात्रा-(गधाको
छाला. कुँदाइ))
चित्रमा भ्रमण विषयक कुरा अंकित
भएको छ। त्यसको मुख्य
पात्र(देब्रेपट्टि)लाई निकै
स्पष्ट स्थान दिइएको छ। सम्मान
गारद् टोलीका पात्रहरुको
दाँजोमा लगाइएको रंग होस् वा
बनाइएको रुप-आकारमा होस् त्यो
एकदमै भिन्न देखिन्छ। त्यसका
लागि कोरिएको लाइन मसिनो,
बाक्लो र जटिल छ, तह तहमा
बाँडिएको छ साथै त्यसको
शीप-कौशल एकदमै सूक्ष्म छ।
|