माटाका खेलौना(दुई)
CRI

 

       मध्य चीनको ह नान प्रान्तको व्हाई याङ्ग क्षेत्रमा दुइवटा टाउको भएका पशु-पंक्षीका किसिम-किसिमका माटाका खेलौनाहरु छन्। ती मुख्य गरी हातले माटोलाई निमोठेर बनाइएका हुन्। त्यसलाई बनाउने क्रममा "पानी हालेर माटो हुँडेल्ने", " नमुना बनाउने", " रुप आकार तयार पार्ने"," रंग लगाउने" र "बुट्टा भर्ने" गरी पाँच चरणको आवश्यकता पर्दछ। सबैभन्दा पींधको रंग एकेकवटा गरी लगाइएको होइन, बरु एक जमातका गरी भिजाएर लगाइएको हो। ती भिजाइएका माटाका नमुनाहरु सुकाइएपछि त्यसमा बुट्टा भर्ने गरिन्छ। बुट्टा भर्दा ब्रुशले होइन बरु काटुर ताछेर चुच्चो भएको जुनेलोको एउटा डाँठले रंगमा चोपेर कोरिएको हो। त्यसको धर्को शक्तिशाली र कडा देखिन्छ। जुन ब्रुशले कोरिएको जस्तो ठूलो रंगीन दाग देखिंदैन। माटे नमुनाको गाढा कालो पींधमा रातो, हरियो, सेतो र फिक्का पहेंलो रंगले कोरिएकाले निकै ताजा, चम्किलो र धैर्य भाव प्रदर्शित भएको छ।

       यस चित्रमा रहेको माटे सुंगुर एकदमै अनौठो खालको देखिन्छ। एउटा सुंगुर अर्को सुंगुरको टाउकोमा अडिएको छ। दुइवटा सुंगुरको शरीर जोडिएको छ। यसबाट मानिसहरुले धेरै कल्पना गर्न सक्दछन्। त्यो खास गरी छोटो धर्को र थोप्लाको प्रयोगका आधारमा कोरिएको हो। सेतो रंगको प्रधानतामा रहेको त्यो माटाको सुंगुरका दुइवटा गोलाकारआँखा छन, त्यसको नाक लामो छोटो गरी फरक छ साथै दुइवटा कान पनि एउटा ठूलो र अर्को सानो साथै एउटा अगाडि छ भने अर्को अर्कै दिशातिर फर्किएको देखिन्छ। हेर्दा त्यो मजालाग्दो छ। खश्रो तर हांसो उठ्दो भावमा निकै मसिनो र उदार देखिन्छ त्यो। रंग त्यतिको धेरै नलगाइए पनि त्यो रंगीचंगी भएको जस्तो अनुभव हुन्छ।