CRI
उत्तर-पश्चिमी चीनको पल्लो
शेन्सी प्रान्तका लोक कारचोपी
खेलौनाहरुको दीर्घकालीन परम्परा
रहिआएको छ र लोक दुनियाँमा तिनको
व्यापक आधार बसालिएको छ। ती
विचित्र र प्रशस्त
विषय-वस्तुहरुमा आधारित छन्।
तीमध्ये मोटा केटाकेटी, उडिरहेको
चरा, पानीमा तैरिरहेको माछा,
भ्यागुतो, सुँगुरको टाउको, कीरा,
फूल, फलफुल, भाले सिंह, झम्टने
बाघ तथा राशी अनुसारका बाह्रवटा
जनावर जस्ता कुराहरु भएका पर्दा
र सजावट, सानू खल्ती, थैली तथा
कपडाका खेलौनाहरु बनाउन प्रयोग
हुने मूलभूत विषय-वस्तुहरु नै
हुन जसमा गाउँले महिलाहरुले
सुमधुर जीवनका बारेमा साँचेको
अपेक्षा अभिव्यक्त भएको छ।
कारचोपी खेलौनाहरु देखाउने तरीका
भिन्नाभिन्नै छन। कारचोपी भर्ने
तरीका पनि बनाउनेहरुको
खुशीअनुसार हुन्छ। कित निकै
सूक्ष्म र व्यवस्थित रुपले
भरिएको हुन्छ, कि त आफूखुशी
उत्ताउलो तरिकाले भरिएको हुन्छ।
निकै धेरै परम्परागत
कारचोपीहरुले हुनुसम्मको कल्पना,
पोटिलो रुप-आकार, ताजा र गाढा
रंग र उड्ने र बग्ने जस्तो
वातावरणमार्फत सर्वसाधारणहरुको
आकांक्षा तथा मनोभिलाषा
अभिव्यक्त गरेका छन्।
यस चित्रमा देखाइएको चरा आकारको
झुण्ड्याइने सजावटमा जंगली र
उत्ताउलो शैली देखाइएको छ।
त्यसको सतहमा कारचोपी भर्ने र
काटेर टाँस्ने दुबै तरीका
अपनाएर निर्भिक रुपमा सियोले
बुट्टा भरिएको छ। त्यसको
रुप-आकार निकै सरल र छरितो छ।
साथै रंग पनि सादा तर ताजा
हुनुका साथै एक रंगदेखि अर्को
रंगसित निकै राम्ररी छुट्याइएको
देखिन्छ। गाढा रातो र नीलो
रंगको फरक पृष्ठभूमिमा गुलाफी
रंग, फिक्का पहेंलो र फिक्का
हरियो रंग पनि मिसाइएकाले तमाम
कारचोपी हेर्दा आनन्ददायी र
लोकप्रिय देखिन्छ।
|