CRI
चीनको लोक कलामा बाँदर ऊ खोंग र
सुँगुर पा चेलाई विषयवस्तु
बनाएर तयार पारिएका रचनाहरु जीउँदा-जाग्दा
र पोटिला देखिन्छन। तिनको
प्रतिनिधित्वयुक्त रचना
काल्पनिक कथा "पश्चिमको यात्रा"
नामक किताबमा उल्लेखित जादुगर
लट्ठी नचाउने बाँदर ऊ खोंग र
काँधमा एउटा ठूलो काँडे दठ्ठी
बोकेको सुँगुर पा चेलाई मानिएको
छ। लोक दुनियाँमा बाँदर ऊ खोंग
खेलौना बनाउने क्रममा सामान्यतया
हेर्दा साँच्चिकै जस्तो हुने हो
कि भनेर त्यतिको ध्यान दिइएको
हुँदैन। बरु बाँदरको मानवसित
मिल्ने विशेषतालाई समेटेर
बाँदरमा देखिने चकचकेपना,
फूर्तिलोपना र हाँसो उठ्दो
स्वभावमा बढी ध्यान दिएर बनाइएको
हुन्छ। उता सुँगुर पा चेको
खेलौनामा प्रायजसो त्यसको मूर्ख
र सोझो छबी देखाइएको छ।
यस चित्रमा देखाइएको बाँदर ऊ
खोंग र सुँगुर पा चे माथि
उल्लेखित गरिए जस्तो देखिन्छ।
बाहिरी रुप र हाउ-भाउबाट होस्
वा भित्री साहस र स्वभावबाट
बाँदर ऊ खोंगमा चकचके र
फूर्तिलो शैली प्रदर्शित भएको छ
भने सुँगुर पा चे हेर्दा लाटो,
सोझो, मूर्ख तर वास्तवमा चलाक
रहेको अनि हेर्दा कुरुप तर यसमा
सुन्दरता चम्किरहेको देखिन्छ।
यस रचनाले अशान्त र फूर्तिलो
बाँदर ऊ खोंग र शान्त र सोझो
सुँगुर पा चेको स्वभाव सफलताका
साथ प्रदर्शित गरिदिएको छ।
रंगको प्रयोग गर्दा मसिनो र धर्को
कोरिएको बुट्टा नभए पनि ठूलो
खण्डमा रंग लगाइएको वा यसमा
सजाउनका लागि केही रंगीन रेखा
कोरिएका छन। रातो र हरियो रंगको
प्रयोग गरिएकाले हेर्दा सरल तर
सघन देखिन्छ। पींधमा जडिएको
बाँसको नलीमा हालिएको मसिनो
धागो तन्किंदा बाँदर र सुँगुरका
चारवटा खुट्टा हल्लिन सक्छन
जसले गर्दा ती दुबै बाँदर ऊ
खोंग र सुँगुर पा चे साँच्चिकै
जस्तो देखिनुका साथै निकै
हाँसोउठ्दा देखिन्छन।
|