CRI
पूर्वी चीनमा पर्ने शान तोंग
प्रान्तको थान छंग जिल्लाको फान
नेन गाउँ घुम्ने काठे खेलौनाका
कारण प्रख्यात छ। ती प्रायजसो
चिनारको रुख वा ऊ थोंग भन्ने
चिनियाँ पारासोल नामको रुखको
काठबाट बनाइएका हुन्छन। तिनका
किसिक विविध किसिमका छन। जस्तो कि
"ड्रेगन टाउके तलवार", "भाला", "ठेला
गाडी", "मादल पिट्ने भिक्षु", "बाघ
टाउके लट्ठी" आदि छन।
यस चित्रमा देखाइएको लट्ठी
आकारको कठपुतली नमूनारुपी
घुम्ने काठे खेलौना हो। त्यसको
शरीर गोलो आकारमा छ र
हात-खुट्टा छैनन। त्यसको टाउको
चारैतिर घुम्नसक्छ। टाउका भित्र
खाली छ र त्यसभित्र मोटो बालुवा
हालिएकाले हल्लाउँदा त्यसबाट
आवाज निस्कन्छ। घुम्ने
कठपुतलीहरुमा कुनै-कुनै अग्ला र
कुनै-कुनै पुड्का, कुनै-कुनै
मोटा र कुनै-कुनै दुब्ला हुने
भएकाले हेर्दा तीनीहरु एकदमै
हाँसोउठ्दा देखिन्छन।
सामान्यतया घुम्ने कठपुतलीको रंगमा
उज्यालो रंग बढी देखिन्छ।
शरीरको सतहमा रंगीन बुट्टा
भरिएको हुन्छ र बीच-बीचमा फूल,
घाँस आदि र गोला चित्र कोरिएको
हुन्छ। टाउकामा कोरिएका काला
मसिना रेखाहरुबाट कठपुतलीको
हाउ-भाउ मजालाग्दो देखिन्छ।
हेर्दा त्यो सरल तर एकदमै
मिलेको देखिन्छ।
|