CRI
चीनको नमूनारुपी लोक
खेलौनाहरुमध्येको एकको रुपमा रहेको
चंगाका आनन्द दायी,
प्रतियोगितात्मक खेल र स्वास्थ्य
लाभ जस्ता भूमिकाहरु केन्द्रीत
रहेका छन। साथै स्थानीय रितिरिवाज,
खेल-कूद, विज्ञान-प्रविधि तथा कला
आदिसित त्यसको घनिष्ठ सम्बन्ध भएको
हुँदा यसबाट लोक खेलौनाको
पर्याप्त शार पूराका पूरै
प्रतिबिम्बित भएको छ। चीनको लोक
दुनियाँमा चंगा उडाउने कुराबाट "अलच्छिनी
कुरा"लाई पन्छाउने वा हटाउने तथा
"रोग-व्याधी" टार्ने अर्थ बुझिएको
छ। चीनका कुना-काप्चासम्म चंगा
पाइन्छन्। यसमा विशेष गरी शान
तोंग प्रान्तको वै फाँग शहर,
पैचिंग, थेन चिंग र च्याँग सु
प्रान्तको नान थोंग शहर यसका लागि
अत्यन्तै नामी छन्।
शान तोंग प्रान्तको वसन्त चाडको बेलामा
टाँस्ने चित्रकारी जस्तो त्यस
प्रान्तको वै फाँग शहरको चंगाको
पनि लामो इतिहास रहिआएको छ। र साथै
त्यसमा चीनको वसन्त चाडको बेला
टाँस्ने काठमा खोपेर बनाइएको
साँचोबाट छापिएको स्थानीय
चित्रकारी कलाको प्रभाव परेको छ।
चंगाका फरक-फरक आकर्षक रुप र आकार
छन, जुन निकै सूक्ष्म कलात्मक
ढंगले बनाइएको हुन्छ। त्यो हेर्दा
साँच्चिकै वर्णन गरिने जनावर जस्तै
देखिन्छ। त्यसको रंग ताजा आँखा नै
तिरमिराउने खालको हुन्छ र उडाउँदा
तल-माथि नगरीकन हावाको तरङ्गसँगै
आकाशमा निकै माथिसम्म पुग्नसक्छ।
यसमा गाढा स्थानीय ग्रामीण
परम्पराको सुगन्ध समाहित भएको
देखिन्छ।
पैचिंगको चंगाको इतिहास तीन सय
वर्षभन्दा बढी भएको भन्ने भनाइ
छ। नमूनाअनुरुप शा येन वा चा
येन भन्ने गौंथलीको आकारको चंगा
पखेटा फरफराएर उडिरहेको गौंथली
जस्तै देखिन्छ। त्यो चंगाको
दुबैपट्टि दुइवटा ठूलो पखेटा छन्
र पुच्छर एउटा कैंची जस्तै
देखिन्छ। जुन चिनियाँ अक्षर "大"
को आकार जस्तै देखिन्छ। गौंथली
आकारको चंगाका दुबै पखेटामा
विशेष गरी सजाइएको हुन्छ। त्यसमा
प्रायजसो चमेराको आकारको बुट्टा
बनाइएको हुन्छ। यसबाट चिनियाँ
भाषामा "फु" को उच्चारणबाट
सौभाग्य, भाग्यमानी र सुख
आनन्दको अर्थ बुझिएको छ।
यस चित्रमा देखाइएको एक जोडी गौंथली आकारको चंगाबाट
"लोग्ने-स्वास्नी दुबै जोडी
सँगसँगै सुख-दुःखका सहभागी हुने"
भन्ने अर्थ दिनखोजिएको छ। एउटा
नीलो गौंथली र अर्को रातो
गौंथलीले एक-अर्कासँग मुखामुख
गरिरहेका छन। त्यसको पखेटामा
भएको पुतलीमा प्यूअनी फूललाई
माया गर्ने भन्ने बुट्टा कोरिएको
छ। यसबाट मंगलमय होस, सुखमय होस्
र उच्च ओहदामा पुगोस् भन्ने
अर्थ बुझिन्छ।
|