CRI
वल्लो शान्सी प्रान्तको वसन्त
चाडमा टाँस्ने चित्रलाई उत्तर र
दक्षिण गरी दुइ ठूला समूहमा
विभाजित गरिएको छ। उत्तरी वल्लो
शान्सीको वसन्त चाडमा टाँस्ने
चित्रले ता थोंग शहर र यिंग सेन
जिल्लालाई केन्द्र बनाएको छ।
झ्यालमा टाँस्ने चित्र त्यसको
प्रतिनिधि मानिएको छ। फेरि
झ्यालमा टाँस्ने चित्रहरु
मुख्यतः ओपेराको कथामा आधारित
छन्। साथै मंगलमय पशु-पंक्षी,
घाँस, फूल, सागपात र फल-फूलहरु
पनि छन्। ती चित्रहरु वास्तवमा
छाप्ने तरीका र हातले कोर्ने
तरीकालाई जोडेर बनाइएका पनि छन,
विभिन्न रंग-रोगन भरेर छापिएका
पनि छन्।
दक्षिणी वल्लो शान्सीको वसन्त
चाडमा टाँस्ने चित्रमा नित्यजसो
देखिने घर रक्षक देवता, कागजी
घोडा, सम्मानसूचक पुर्जी, लामो
साँघुरो झुड्याइ, मुठ्ठाकारको
स्थापत्य बुट्टा आदि खालका छन्।
साथै धार्मिक गतिविधिमा प्रयोग
हुने चित्र र लाल्टिनका चित्र
पनि प्रशस्त पाइन्छन् र तिनको
कलात्मक विशेषता पनि छ।
दक्षिणी वल्लो शान्सी प्रान्तको
वसन्त चाडमा टाँस्ने चित्र
बनाउँदा आधा छापिएको र आधा
कोरिएको हुन्छ। तिनको रंग रातो,
आरुको फूल जस्तो रातो, पहेंलो,
हरियो र कालो रंग मिसिएको छ।
आपसमा एक अर्कादेखि एकदमै फरक र
ताजा देखिन्छ। चित्र बनाउने शैली
सरल र उदार छ।
यो चित्र कागजी घोडा-देवताको चित्र हो। यसको बीचमा
त्रि-आँखे घोडा-देवता बाहेक
गाई-देवता, वर्ष-देवता र तिन
कोंग भन्ने देवता पनि छन्।
चित्रको तल्लो भागमा गाई-गोरु र
घोडाको चित्र पनि कोरिएको छ। यो
चित्र हेर्दा सममिताकार र
जीउँदोजाग्दो छ, यसमा रहेका
मानिसहरु हेर्दा शान्त र
आनन्दमयी देखिन्छन साथै त्यसको
रंग ताजा छ र त्यसमा आदिमपन पनि
देखिन्छ।
|