CRI
युन चेन भनेको कुममा ओढ्ने सन्
581-618 मा चीनको सुइ वंशपछि
विकसित भएको पोशाकमा सजाइने एक
किसिमको अलंकार हो जसलाई गर्धनमा
एक फन्को बेरेर कुममा ओढिन्थ्यो।
सन् 1644-1911 मा, छिंग वंशकालमा
त्यसको विस्तार भयो र समाजका
विभिन्न क्षेत्रमा फैलियो। पछि
गएर यो, विशेष गरी विवाहका बेला
दुलहीका लागि नभई नहुने वस्तु
बनिसकेको थियो। यसरी विकसित
हुँदै जाँदा चाडबाड र विवाहका
बेला युन चेन ओढ्ने चलन आयो।
कुममा ओढ्ने युन चेनको रुप
आकारमा धेरै जसो "रु ई " भन्ने
अंग्रेजी अक्षर "एस" जस्तो
ढाँचाको थियो, त्यसबाट मंगल र
लच्छिनको अर्थ बुझाइन्छ।
कुनै-कुनै युन चेन फिताको आकारका
हुन्थे। कुममा ओढ्ने युन चेन
सामान्यतया दुइ तहको हुन्छ अनि
त्यसको तल्लपट्टि अर्ध गोलाकार
पारेर आठवटा लहर जस्तो सिइन्थ्यो।
प्रत्येक अर्ध गोलाकार कपडामा
फूल, चरा, घाँस, कीरा वा ओपेराका
पात्रहरु बनाइन्थ्यो सियोले।
एउटा उच्च कोटिको कुममा ओढ्ने
युन चेन सिउनका लागि निकै लामो
समय चाहिन्छ। त्यसको सूक्ष्म
शीप-कौशल देखेर श्याबास-श्याबास
नभन्ने कोही हुँदैजथ्यो। कुममा
ओढ्ने युन चेन सिउँदा सियोले
बुट्टा भर्ने विभिन्न तरीका छन।
जस्तो कि सियोमा रेशमी धागोले
बेरेर सिउने, सियोले बुट्टा
भर्दा आपसमा जोड्ने, धागो खप्ने,
धागो छोडेर सिउने, टाँका हालेर
हल्कासाग सिउने, टाँका ठोक्ने,
चहकिला वस्तु जड्ने, धागो
घचेट्ने गरी सिउने र धेरै
लाइनहरुलाई समान दूरीमा पार्ने
गरी सिउने आदि। त्यसको रुप-ढाँचा
पनि एकदमै जटिल देखिन्छ।
चित्रमा देखाइने कुममा ओढ्ने
युन चेन मध्य चीनको ह नान
प्रान्तमा बनाइएको हो। यो रु ई
भन्ने आकारमा रहेको छ। त्यसमा
भएका बुट्टाहरुमा मानिस, फूल,
चरा र पुल आदि छन जुन एकदमै
सूक्ष्मताका साथ सियोले बनाइएका
हुन। यसको रंग विविधतापूर्ण र
सुन्दर छ अनि यसको सिलाइलाई र
बांगोटिगो पारेर पानी सररर
बगेजस्तो देखाइएको छ। यसलाई
साँच्चै लोक-कलाको उत्कृष्ठ
वस्तु भन्नु अत्युक्ति नहोला।
|