CRI
बुट्टेदार सानो थैलो चीनको लोक
कलात्मक वस्तुहरुमध्येको एक हो।
जसलाई स-साना चीज-बीजहरु राख्न
र सजावटका लागि प्रयोगमा
ल्याइन्छ। त्यो विभिन्न किसिमको
हुन्छ साथै त्यो प्रशस्त
स्थानीय लोक सँस्कृतिले
भरिपूर्ण छ। चिनियाँ पात्रो
अनुसार पाँचौ महिनाको पाँचौ
दिनमा पर्ने तुआन ऊ चाडमा यस्तो
बुट्टेदार सानो थैलो लगाएर
भूत-पिसाचलाई भगाउन-पन्छाउन र
प्रकोपबाट जोगाउन सकिने विश्वास
गरिन्छ। थैलोभित्र हालिने चिनियाँ
जरीबुटीहरुले लामखुट्टे र कीरा
फट्यांग्रालाई मार्ने भूमिका
खेलिने विश्वास गरिन्छ, जुन
स्वास्थ्यका लागि फाइदाजनक छ।
बुट्टेदार सानो थैलीको रुप
ढाँचामा अंग्रेजी अक्षर एक
ढाँचाको, जहाज जस्तो दुबैतिर
उठेको ढाँचाको, चोंग च भन्ने
तीन कुने डल्लो आकारको, आरुको
आकारको, चमेरो आकारको, बाघले
पाँच थरिका विषालू जनावरलाई
झम्टेर खाइरहेको आकारको र
सुन्तला आकारको आदि धेरै किसिमका
छन्। यसमा मंगलमय, शुभ र
लच्छिनको अर्थ निहित छ।
यस चित्रमा देखाइएको बुट्टेदार
सानू थैलो एउटा भ्यागुताको
आकारको छ। ज्योतिषशास्त्र
अनुसार त्यसको चारैतिर बाह्र
वर्षको प्रतिनिधित्व गर्ने
बाह्रवटा जनावरहरुले सजाइएको छ।
किनभने किंवन्तीमा उल्लिखित
गरिए अनुसार भ्यागुतो
चन्द्रमासित सम्बन्धित छ साथै
प्रचलित लोक भनाइ अनुसार लिउ
हाई भन्ने केटो र भ्यागुतोको
कथासित पनि त्यो सम्बन्धित छ।
उता ज्योतीषशास्त्र अनुसार
जन्मने वर्ष दर्शाइने ती सबै
बाह्रवटा जनावरहरु लच्छिनका
पशुहरु हुन्। यो थैलोको आकार
ठीक्क छ। त्यतिको ठूलो पनि छैन
र त्यतिको सानो पनि छैन। त्यसमा
निकै सूक्ष्मताका साथ कारचोपी
भरिएको देखिन्छ। त्यो रातो रंगको
अर्थ मंगलमय, शुभ र लच्छिन
हुन्छ र त्यो हेर्दा मानिसलाई
निकै रमाइलो लाग्छ र आफूलाई
आनन्द आउँछ।
|