CRI
चिनियाँ रितिस्थितिमा पोशाक,
जुत्ता र टोपीमा सजाउनका लागि
कारचोपी भर्ने बुट्टाहरुको
निश्चित भित्री अर्थ निहित
हुन्छ। यसबाट नाता-कुटुम्बहरुको
हार्दिक आशीर्वाद र मनोभिलाषा
प्रकट भएको छ।
यस चित्रमा प्रदर्शित पाउपोशभित्र
हालिने गद्दा सासू बुढीले भरखरै
बिहे भएकी आफ्नी बुहारीलाई
सिलाइदिनुभएको हो। गाढा रातो
पृष्भूमिबाट नयाँ विवाहोत्सवको
हर्षोल्लासपूर्ण भाव झल्किएको छ
साथै आमाको खुशीले भरिपूर्ण
मनस्थिति छताछुल्ल भएको छ। चीनको
एक प्राचीन कवितामा एक वाक्य छ:
"तर्बुजाहरुका लामा-लामा लहराहरु
लहरै नागबेली परेर बहिरहेका छन।"
यसबाट तर्बुजाका लहराहरु
सप्रँदै-बढ्दै टाढा-टाढासम्म
गइरहेका र तर्बुजाहरु पनि लहरामा
सप्रिरहनुका साथसाथै
फल्दै-फुल्दै बढ्दै जाने भन्ने
अर्थ दिनखोजिएको छ। यसले यो
परीवार पुस्तौं-पुस्तासम्म
फस्टाउँदै जावस भन्ने अर्थ
दिनखोजिएको छ।
ठीक उक्त "तर्बुजाहरुका लामा-लामा
लहराहरु नागबेली झैं भएर अघि
बढिरहेका छन्" भन्ने कवितालाई
आधार बनाएर रचिएको यस
चित्रकारीमा एकेकवटा स-साना
तर्बुजाहरु लहरा र पातहरु एकपछि
अर्को गरी अगाडि बढीरहेका
देखिन्छन। कतै-कतै तर्बुजा र
लहराका बीचमा पुतलीहरु खुशीसाथ
उडिरहेका देखिन्छन। चिनियाँ
भाषामा सानो तर्बुजाको उच्चारण
"ते" र पुतलीको उच्चारण पनि
उस्तै भएका कारण यहाँनेर पुतली
पनि बनाइएको हो।
यस चित्रमा उतारिएको यो जुत्ताभित्र
हालिने बुट्टेदार गद्दामा भएको
बुट्टा परम्परागत लहरे तर्बुजाको
चित्रकारी हो। तर्बुजाका लहराहरु
लामा-लामा छन् र एकेकवटा तर्बुजा
पुतलीको आकारको छ। यसबाट आमाको
अपेक्षा स्वतः प्रष्ट्याइएको छ।
यस जुत्ताभित्र हालिने
बुट्टेदार गद्दाको रंग उज्यालो
र फुर्तिलो देखिन्छ साथै
विभिन्न रंगबीच निकै फरक पनि
देखाइएको छ। फेरि उता गाढा हरियो
र कमलको फूलको जस्तो फिक्का
हरियो रंगबाट गम्भीर भाव
अभिव्यक्त भएको छ। सिलाइ निकै
स्वच्छ र जटिल छ साथै बुट्टाहरु
जीवन्त, प्राकृतिक र व्यवस्थित
देखिन्छन।
|