CRI
चीनका वालवालिकाले लाउने सय
परीवारे लुगा भनेको लोक
दुनियाँमा प्रचलित एक किसिमको
पोशाक हो। रितिरिवाज अनुसार,
हरेक बुबा-आमा आ-आफ्ना छोरा-छोरी
स्वस्थ रुपले सप्रन-हुर्कन सकुन
भन्नाका लागि उनिहरुले
छर-छिमेकीको आशीर्वाद पाउनुपर्ने
र यस्तो आशीर्वाद प्राप्त गर्नका
लागि छोरा-छोरीलाई
छर-छिमेकीहरुका खाने कुरा
खुवाउनुपर्ने र तिनका कपडा
लगाइदिनुपर्ने विश्वास गर्दछन।
सय परिवारे लुगा लगाउनु
एक किसिमको परम्परागत चलन हो।
वास्तवमा हरेक छर-छिमेकबाट
मागेका एकेकवटा टुक्रा कपडा
जोडेर बनाइएको पोशाकलाई सय
परीवारे लुगा मानिएको छ। यस
चित्रमा देखाइएको वालक सय
परीवारे गन्जीको सिलाई एकदमै
मसिनो र जटिल छ। फरक-फरक रंग,
आकार र गुणस्तरका कपडाका
टुक्राहरुलाई मगज खियाएर छनौट
गरी मिलाएर काटेर सिलाएपछि
आखिरमा एउटा रंगीचंगी बुट्टेदार
पोशाक तयार हुन्छ। सिंगै
पोशाकको रंग ताजा र उज्यालो
हुन्छ र त्यसको शैली सादा र
प्राकृतिक हुन्छ। त्यसलाई
हेर्दा त्यो अति न्यानोजस्तो
अनुभव हुन्छ।
सय परीवारे लुगामा गन्जी बाहेक छोटो
कमीज र लामो बक्खु पनि छ।
उत्तरी चीनका पल्लो शेन्सी
प्रान्त, वल्लो शान्सी प्रान्त,
कान सु प्रान्त, ह नान प्रान्त,
ह पै प्रान्त र शान तोंग
प्रान्त आदि ठाउँमा यस्तो खालको
सय परीवारे लुगा अत्यन्तै
प्रचलित छ। चीनका दक्षिणी भागका
केही ठाउँहरुमा पनि यस्तो चलन
छ।
|