CRI
वौद्ध धर्ममा गौतम बुद्धका
चारवटा सशस्त्र ताबेदारहरु
सर्वविदितै छन्। तिनले वौद्ध
धर्मका लागि उच्च प्रतिष्ठा र
योजकको काम गरेका छन्। चीनमै
उत्पन्न भएको ताउ धर्मका पनि
चारजना मार्शल छन्, जसबाट ताउ
धर्मको गरिमा र इज्जत कायम
राख्नसकियोस।
ती चारजना मार्शलमध्ये मा थेन च्युन्
नामक मार्शल मा, जसलाई व्हा
व्काँग नामक सशस्त्र चाकरीदार
पनि भनिन्छ, चाउ कोंग मिंग नामक
मार्शल चाउ, क्वान् शँ ती
च्युन नामक मार्शल व्कान्,
जुलाई क्वान कोंग पनि भनिन्छ र
वन् छ्योंग वा लै छ्योंग नामक
मार्शल वन हुन्। मार्शल माको
अनुहार हिंउ जस्तो सेताम्मे छ,
मार्शल चाउको अनुसार कोइला जस्तो
कालो छ, मार्शल व्कानको अनुसार
रगत जस्तो रातो छ र मार्शल वनको
अनुहार निरजस्तै नीलो छ। चारजना
मार्शल भूत-पिसाचलाई भगाउने र
प्रकोपलाई पन्छाउने देवता हुन।
जस कुरामा सर्वसाधारणहरुले
अत्यन्तै विश्वास गरेका छन्।
ताउ धर्ममा धार्मिक गतिविधि
गर्दा राक्षसलाई भगाउन र तिनमाथि
नियन्त्रण गर्नका लागि प्रायजसो
ती चारजना मार्शललाई निम्त्याउने
चलन थियो।
यस चित्रको बीचमा अलि मास्तिर मार्शल
मा अथवा “मा वाङ्ग ये” देखिन्छन,
कसै-कसैले मार्शल मालाई
अग्नि-देवताको रुपमा पूजा गर्ने
गर्दथे।
यो कृति कागजी घोडा छाप्ने र हातले
कोर्ने तरीकाको प्रयोग गर्दै
सुहाउँदो रंग लगाएर बनाइएको हो।
जुन हेर्दा स्पष्ट र सरल हुनुका
साथै त्यसको बनौट चिटिक्क परेको
देखिन्छ।
|