चीनको लोक कलामा उल्लेखित देवता(चार)
CRI

 

      

        दक्षिण-पश्चिमी चीनको दक्षिणी भागमा पर्ने युन नान प्रान्त बहु-जातिको बसोबास रहेको ठाउँ हो। त्यहाँ देवताको स्मारक-पट्टिकाको पूजा-आजा गर्ने आफ्नो विशेषता हुन्छ जसले गर्दा झन् मानवीयता दर्शिएको हुन्छ। साथै यसमा निकै रहस्यताले भरिपूर्ण छ यो। खासगरी पाइ जाति बसोबास गर्ने क्षेत्रमा जातीय विशेषता झन् छर्लंग भएको देखिन्छ। त्यो स्मारक-पट्टिका कुँद्ने शैलीमा आदिमपन देखिन्छ, त्यसको कुनै निश्चित नमुना वा साँचो हुँदैन। कुँदाइका लागि, त्यतिको सूक्ष्मताको आवश्यकता पर्दैन। हेर्दा त्यो निकै माया लाग्दो र जंगलीजस्तो देखिन्छ साथै पूजा गर्ने तरिका पनि अरु क्षेत्रको भन्दा निकै झन्झटलाग्दो र जटिल देखिन्छ।

      युन नान प्रान्तको ता ली जिल्लाको पाई जातीय क्षेत्रमा एउटा नयाँ चुलो बनाएपछि स्थानीय बासिन्दाहरुले धूप, मम बत्ति र आफ्नो विश्वास अनुसार कागजी पैसा जलाएर अग्नि देवताको पूजा गर्नेगर्दछन्। अग्नि देवतालाई हो लोंग ता ती अर्थात् अग्नि ड्रेगन सम्राट वा हो थाङ्ग अर्थात् अग्नि कुण्ड वा अग्नि हो त सिंग च्युन पनि भनिन्छ।

      यस चित्रमा देखाइएका अग्नि ड्रेगन सम्राटको पहिरनमा रहेका छन्, यसो हेर्दा यसमा सम्मान र गम्भीरता प्रष्ट्याइएको देखिन्छ। त्यो अग्नी ड्रेगन सम्राटतिर फर्केको छ जसको मुद्रा गम्भीर छ र अनुहारमा लामा-लामा दारी फरफराइरहेका छन्। त्यसको वरिपरि एउटा उडिरहेको ड्रागन र दनदनी बलिरहेको आगाको ज्वाला देखिन्छ। तलतिर "हो लोंग ता ती "अर्थात् अग्नि ड्रेगन सम्राट भन्ने चारवटा चिनियाँ अक्षरहरु कुँदिएका छन्। ती अक्षरहरु नबंग्याइकन राम्ररी कुँदिएका हुन्। यो चित्रले ता ली भन्ने ठाउँको बास्तविक पाई जातीय शैली प्रदर्शित गरेको छ।