CRI
गाउँले भू-देवता चीनको परम्परामा
निकै मानिने लोकप्रिय देवता हुन्।
देवताको पूजाबाट गाउँले
भू-देवताको पूजा गर्न थालिएको हो।
जसको पूजा ( 1368-1644) मा शासन
गर्ने मिंग वंशकालमा सबैभन्दा
व्यापक रुपमा गरिन्थ्यो। तिनताका
गाउँले भू-देवता मन्दिर थुप्रै
थिए र त्यसलाई भिन्नाभिन्नै नाउँ
दिइएको थियो। जस्तो कि "कुखुराको
रौं नामक भू-देवता", "मानवीय
देवता नामक भू-देवता", " पुडको
भू-देवता", "तीन तह नामक
भू-देवता", " आम भू-देवता" र "
सबैको भू-देवता" आदि छन्।
भू-देवताको मन्दिरको रुप-आकार झन्
विविधतापूर्ण छ। यसमा साँच्चैको
घररुपी मन्दिर वा पैत्रिक हल
बाहेक कतै-कतै तीन-चारवटा ढुंगा
थुपारेर एउटा भू देवता हल
बन्दथ्यो भने कतै-कतै एउटा
घ्याम्पोमा एउटा ढुंगा राखेर त्यस
ढुंगालाई नै भू-देवता मानिन्थ्यो।
सो घ्याम्पोमा फुटाइएको ठाउँलाई
ढोका मानिन्थ्यो। गाउँले
भू-देवताको प्रचलित रुप अनुसार
सेतो अनुहारमा कालो दारी पारिएको
छ, कपालमा सेतो कपडाले बेरिएको छ
र गोलो कलरको पोशाकमा एकदमै
हंसिलो मुद्रा दिएर निकै आत्मीयता
देखाइएको छ।
यस चित्रमा प्रदर्शित
गाउँले भू-देवता दक्षिण-पूर्वी
चीनको च च्याङ्ग प्रान्तको हाँग
चौ शहरमा पाइने कागजी कर्तन हो।
त्यो हेर्दा जमीनको हाकिमको
घमण्डी भावजस्तो देखिन्छ।
उहाँका दाँया र बाँयाँ
सुसारेहरु छन जुन काठमा खोपेर
बनाइएको साँचोबाट चित्र छाप्ने
र हातले कोर्ने दुबै तरिकालाई
जोडेर बनाइएको हो। यसलाई
एकेकवटा स-साना खण्ड पारेर
छुटाई नियमरहित तरिकाले अरु
रंग लगाइएको छ।
|