CRI
चीनको कागजी बनावट कला अन्तिक
कर्म सम्बन्धी रितिस्थितिबाट
शुरु भएको थियो। जुन कागजी वस्तु
बनाउने, माडले टाँस्ने, कैंचीले
काट्ने, माटोको मूर्ति बनाउने र
चित्र कोर्ने जस्ता शीप-कौशलको
सम्मिश्रणबाट एक लोक कलाका रुपमा
देखापरेको हो। कागजी बनावटलाई
लोक दुनियाँमा कागज टाँस्ने,
कागजी घोडा बनाउने, खोर बनाउने
आदि नाउँ दिइएको छ। यो खासगरी
सर्वसाधारणहरुले मृतकप्रति
श्रद्धान्जलीअर्पण गर्ने र पूजा
गर्ने विश्वास, मनस्थिति र
मनोभावनाको आवश्यकतालाई पूरा
गर्ने एक तरिका हो।
कागजी बनावट चार किसिमका हुन्छन्- एक, देवताको रुप,
अन्त्येष्टि गरिंदा चिहानअगाडि
जलाइने कागजले बनाइएका ठूला
वस्तुहरु। दुइ, मानिसको रुप,
यसमा कागजले बनाइएका केटा-केटी,
ओपेराका पात्र तथा सुसारेहरु।
तीन, घर भवनहरु, जस्तो कि मृतकका
लागि बस्ने घर, बुर्जा, बोर्ड र
गाडीहरु। र चार, भाँडा-कुँडाहरु,
यसमा भान्सा घर र खानपिनका लागि
भाँडाकुँडा, कप प्लेट, पूजाका
लागि प्रसाद, लच्छिनको अर्थ दिने
उपयोगी वस्तु तथा मंगल सूचक
पशुहरु छन्। ती कागजी वस्तुहरुको
बनावटको शीप-कौशल निकै सूक्ष्म
र कुशलतायुक्त छ।
यस चित्रमा रहेका सुसारेहरु कागजबाट बनाइएका हुन्।
तीमध्येको एकजना जनरलको पहिरनमा
छ। त्यसले कवचधारी टोपी र पोशाक
लगाएको छ, लामा-लामा दारी पालेको
छ, त्यो हेर्दा निकै वीर र
राम्रो देखिन्छ भने अर्को एकजना
कागजले बनाइएको केटो हो। त्यसले
रातो पेन्ट र लामो लुगा लगाएको
छ, गर्धनमा कमलको फूल आकारको
ओढ्ने ओढेएको छ, लुगामा कमलको
फूलको बुट्टा भरिएको छ, निकै
फुर्तिलो र तकडा देखिन्छ उ।
हेर्दा चीनको लोक-कथाको न चा
नामक स्वर्गको एकना युवा जनरल
जस्तो देखिन्छ उ।
|