CRI
दक्षिण-पश्चिमी चीनको
अल्पसंख्यक जातीय क्षेत्रमा
बसोबास गर्ने यी जातीय पोशाकमा
गाढा स्थानीय विशेषता देखिन्छ।
यस बाहेक पोशाकले यी जातीय
मानिसको जात र उमेर थाहा दिनुका
साथै यी जातीय मानिसहरुको
परम्परागत धारणा, चासो, अभिरुचि
तथा जातीय रितिस्थिति पनि
अभिव्यक्त गर्दछ। यी जातीय
पोशाकको शीप-कौशलमा कारचोपी
भर्ने, कोखाको कपडालाई छेडेर
बुट्टा भर्ने, चाक्लो फिताले
बुनेको बुट्टा लगाउने, काटेको
कपडे बुट्टा टाँस्ने, बुट्टा
टाल्ने, एक बुट्टा अर्को
बुट्टामा जड्ने वा गाढ्ने र
पोशाकको छेउछाउमा अरु सुहाउँदो
रंगको कपडाले छिमल्ने आदि
थरि-थरिका पद्धति छन्।
यस चित्रमा देखाइएको अंकुसे आकारको
बुट्टेदार जुत्ता युन नान
प्रान्तमा बसोबास गर्ने यी
जातीय महिलाहरुले लाउने जुत्ता
हो। जुन दुइवटा सानो डुंगा जस्तो
देखिन्छ। यसको रुप आकार निकै
सुन्दर छ। सेतो पींधमा रातो,
पहेंलो र नीलो रंगको फूल, घाँस
र अरु बुट्टाहरु भरिएका छन्। ती
रंगहरु चहकिला, रमाइला र ताजा
देखिन्छन्। यसबाट यी जातीकी
केटीले यस्तो अंकुसे आकारको
बुट्टेदार जुत्ता लगाउँदा कति
आकर्षक र सुन्दर देखिएला भनेर
अनुमान गर्न सकिन्छ। किंबदन्तीमा
उल्लेख गरिए अनुसार, त्यस्तो
अंकुसे आकारको बुट्टेदार
जुत्ताले दुलहीलाई बचाएको थियो
रे। त्यसैले यी जातीय केटीले
दुलाहाको घरमा जाँदा बाटाभरि
कुशल होस् र आजीवन सुख-आनन्द
होस् भन्नाका लागि विवाहकै दिन
एक जोडी अंकुसे आकारको
बुट्टेदार जुत्ता लाउनैपर्ने
चलन छ।
|