चिनियाँ माटो(तीन)
CRI

 

 

 

        यस चित्रमा चित्रित ओपेरामा आधारित चिनियाँ माटोको भाँडोले नमुनाको रुपमा मध्य-चीनको आन व्है प्रान्तमा पाइने चिनियाँ माटाको कलात्मक विशेषता प्रतिबिम्बित गरेको छ। त्यो कथानक ओपेराको आधारमा तयार पारिएको हो। ती दुइजना पात्रहरुमा एकजना निजामती पदाधिकारी र अर्क एकजना सैनिक अधिकृत हुन जुन रातो ठूलो भाँडाको बाहिरी भागमा बनाइएको हुँदा एकदमै प्रष्टसँग देखिएको छ।

       निजामती पदाधिकारी टेबुलको अगाडि उभिइरहेका छन। उनी एउटा हातले आफ्नो दारी सुम्सुम्याउँदैछन भने अर्को हातले पंखा हल्लाइरहेका छन। उनको मुद्रा जीवन्त र आकर्षक देखिन्छ। सैनिक अधिकृतले पिठ्यूँमा एउटा तरवार बोकेका छन। उनले एउटा हातले आफ्नो दारी समातेका छन र अर्को हात टाउको माथि उठाएका छन। उनको एउटा खुट्टा पनि माथि उठेको छ। उनको मुद्रा एकदमै उत्तेजक र जोशिलो देखिन्छ। ती दुबै ओपेराका पात्रको जस्तो पहिरनमा छन्। तीनलाई हेर्दा कुँदिएको मूर्ति जस्तो लाग्छ साथै त्यसको कुँदाइ शैली शिला कुँदाइको जस्तै देखिन्छ।

       सोझो मुख, काटेर बनाइएको कुम र उठेको भुँडी भएको त्यस भाँडाको आकार राम्रो र छरितो छ। स्थानीय गाउँले भट्टीमा बनाइएको त्यो चिनियाँ माटाको भाँडो सरकारी भट्टीको जस्तो मसिनो र जटिल नभए पनि निकै सादा र सुन्दर देखिन्छ।