CRI
नीलो बुट्टा भएको चिनियाँ माटो
चीनको युआन वंश (1206-1368) मा
निकै प्रचलित हुनथालेको थियो।
त्यस बेला चीनमा यस्तो नीलो बुट्टा
भएको चिनियाँ माटो बनाउने सरकारी
भट्टी र स्थानीय गाउँले भट्टीहरु
थिए।
नीलो बुट्टा भएको चिनियाँ माटो बनाउने
स्थानीय गाउँले भट्टीहरु चीनका
विभिन्न ठाउँहरुमा छरिएर रहेका
थिए। तिनको उत्पादन मात्रा सरकारी
भट्टीकोभन्दा बढी थियो साथै
उत्पादित वस्तुहरुको विविध शैलीहरु
थिए। यसमा निकै सूक्ष्मताका साथ
बनाइएका पनि थिए र खस्रो तरीकाले
बनाइएका पनि थिए। निकै सूक्ष्मताका
साथ बनाइएका चिनियाँ माटाका ती
वस्तुहरु ओहदामा बस्ने हाकिमहरु
वा धनीहरुका लागि प्रयोगमा
ल्याइन्थे भने निम्न गुणस्तरका
खस्रा वस्तुहरु सर्वसाधारण
प्रजाहरुले प्रयोग गर्नेगर्दथे।
स्थानीय गाउँले भट्टीमा बनाइएका नीलो बुट्टा
भएका चिनियाँ माटोमा एक किसिमको
फुर्तिलो र सरल विशेषता निहित छ
साथै ती बुट्टाको शैली निसंकोच र
उदार देखिन्छ। ती बुट्टाहरुका
विषयवस्तु विभिन्न क्षेत्रसित
सम्बन्धित छन। यसमा सामाजिक जीवन,
रितिरिवाज र चालचलन प्रतिबिम्बित
भएका कथाका पात्रहरु, प्राकृतिक
डाँडा-काँडा खोला-नाला, पशु-पंक्षी,
चरा-चुरुंगी, फूल, घाँस, सागपात,
फल-फूल, कविता, सकुन चिनो आदि सबै
किसिमका छन्। केही किंबदन्ती,
उपन्यास र ओपेराका कथामध्येबाट
छानिएका हृदयस्पर्शी खण्डलाई
स्थानीय कालीगढहरुले विषयवस्तु
बनाएर निकै सजीव रुपले चिनियाँ
माटोका वस्तुहरुमा उतारेका थिए।
यसबाट एक नौलो र विशेष रुप देखिएको
छ।
यस चित्रमा देखाइएको वस्तु
नीलो बुट्टा भएको चिनियाँ
माटोको कचौरा हो। यस बुट्टामा
पैचिंग ओपेराका पात्रहरुमध्ये
एक - कुंग फु जान्ने हतियार
सहितकी युवतीको चित्रण गरिएको
छ। यो कचौराको रुप-आकार छरितो र
सामान्य छ। त्यसमा लगाइएको
इनामेल जेड जस्तो रसिलो छ।
कचौराको चारैतिर छेउमा
बाहिरपट्टि दोब्रिएको पछ्यौरा
छ। कचौरा बाक्लो देखिन्छ।
त्यसको भित्र र बाहिर दुबैपट्टि
बुट्टाले सजाइएको हुँदा पोटिलो
र भरिलो देखिन्छ। कचौराको
बाक्लो पींधले गर्दा नपोल्नुका
साथै त्यो यताउति ढल्किंदैन।
कचौराको मध्य भागमा कुंग फु
जानेकी सशस्त्र युवतीको बुट्टा
सादा र छरितो देखिन्छ। त्यो
बुट्टा बनाउँदा विशेष गरी
पात्रको मुद्रा र भावमा जोड
दिइएकाले दर्शकले नजर
पुर्याउना साथ त्यसको अर्थ
बुझिहाल्छ। त्यो पात्र र तिनमा
भरिएका बुट्टाहरु प्रशस्त र
विविधतापूर्ण भएपनि अलिकति पनि
छ्यासमिस र अव्यवस्थित
देखिंदैन।
|