CRI
पूर्वी चीनको शान तोंग प्रान्तको
चिनियाँ माटो व्यवसायको इतिहास
धेरै लामो छ। त्यस प्रान्तको च्
पो भन्ने ठाउँको चिनियाँ माटो
व्यवसाय झनै प्रख्यात छ। चिनियाँ
माटो व्यवसायलाई शान तोंग
प्रान्तको प्रथाहरुमा "शाउ याओ"
भन्ने नाउँ प्रसिद्ध छ। त्यस
ठाउँका चिनियाँ माटोका वस्तुहरु
प्रायजसो चक्का ढाँचाको हुन्छ। ती
वस्तुहरुमा घ्याम्पो, बट्टा,
गाग्रो, करुवा, चीनको प्राचीन
कालमा प्रयोग हुने बाफको सहायताले
खानेकुरा पकाउने भाँडो आदि छन्।
यस चित्रमा देखाइएको पानीको गाग्रो शान तोंग प्राको
यी मंग शान पहाडी भेगमा नित्यजसो
प्रचलनमा आउने चिनियाँ माटाको
भाँडो हो। त्यो बाक्लो छ।
बाहिरीपट्टि निकै खस्रो देखिन्छ।
त्यसको भुँडीमा बनाइएको उठेको
माछाको रुप-आकार सरल र छरितो
देखिन्छ। गाग्राको माथि समात्ने
बिंड राखिएको छ। त्यसको उल्टो गरी
लगाइने गोलाकार बिर्को छ।
समष्टिगत रुपबाट हेर्दा सिंगै
गाग्राको रुप-आकार एकदमै सुन्दर
देखिन्छ। विशेषगरी त्यसको गोलाकार
भुँडी एकदमै आकर्षक छ।
पानीको गाग्रो सस्तो छ र त्यो
बनाउँदा जटिल शीप कौशल चाहिंदैन
तापनि यसबाट सर्वसाधारणहरुको
सुन्दरताप्रतिको चाहना
प्रतिबिम्बित भएको छ।
|