CRI
नीलो बुट्टे चिया दानी चीनका
प्राचीन परम्परागत चिनियाँ
माटोका
वस्तुहरुको जातमा पर्दछ।
रचनाकारले प्राचीन कुरालाई
वर्तमान कालका लागि र विदेशी
कुरालाई चीनका लागि प्रयोगमा
ल्याउंदै पश्चमी यूरोपेली ढाँचे
चियादानीको
विशेषतालाई समेटेर नील
बुट्टेदार चियादानीको डिजाइन
गर्नुभएको छ। नीलो
रंगको प्रयोग गरी प्राचीन चीनका
चित्रकारीहरु चियादानीको वरिपरि
कोरिएको कारण
यस्तो नील बुट्टेदार चियादानी
संकलनकर्ताहरुलाई निकै मन पर्ने
चिनियाँ
माटोका कलात्मक वस्तु बनेको छ।
यस चित्रमा प्रदर्शित नीलो
बुट्टा भएको चियादानीको रुप
आकार होस् वा त्यसमा भएका
बुट्टाहरुको लेखाइ यी सबैबाट
तीब्र लोक शैली प्रतिबिम्बित
भएको छ। चियादानीको कुमको भागको
वरिपरि चारवटा नाक छन जसलाई
समात्न सकिन्छ। चियादानीको मुख
एकदमै हाँसो उठ्दो छ। त्यसको
गर्धननिर रेखागणितका जस्ता सादा
रेखाहरु कोरिएका छन्। त्यसको
मुख्य भागमा प्रायजसो देखिने "काल्पनिक
जनावर छिलींगबाट छोरो प्रदान"
विषयक चित्र कोरिएको छ। यस
चित्रमा कोरिएका मानिसहरु एकदमै
केटाकेटीजस्ता र माया लाग्दा छन्
र ती कुनै नक्कलीजस्ता देखिदैनन।
यो चित्र त्यति सूक्ष्मताका साथ
नकोरिए तापनि एकदमै स्वाभाविक,
हलुका, मजा लाग्दो र स्नेही
भावले भरिपूर्ण छ।
|