CRI
चीनमा काठबाट निर्मित फर्निचरहरु
धेरै किसिमका छन। यहाँ अड्याउने
खालको बेसिन अलि पछि नै
देखापरेको हो। हाल बेसिनलाई
अड्याउने आधारका धेरैजसो तीनवटा
वा पाँचवटा खुट्टा हुन्छन। त्यस
बेसिन-आधारमा खाली हात-मुख धुने
भाँडो अड्याउन मात्र नभई त्यसका
पछाडिका दुइवटा खुट्टामाथि
तौलिया पनि झुण्ड्याउन मिल्ने
बनाइएको छ। तीमध्ये कुनैमा त
साबुनको बट्टा समेत राख्न मिल्ने
बनाइएको छ।
चित्रमा देखिएको भाग
बेसिन-आधारको पछाडिको भाग हो।
बेसिन-आधारको पछाडिपट्टिबाट माथि
गएका दुइवटा खुट्टाको भागमा
तेर्स्याइएको डण्डीमा तौलिया
झुण्ड्याउन सकिन्छ। त्यस डण्डीका
दुइवटा छेउमा दुइवटा सिङ् पनि
निकालिएको छ। त्यसको गोलो भागमा
"छि लिन नामक काल्पनिक सिंहले
छोरालाई पुर्याउने" शिर्षकको
चित्र कोरिएको छ। पूरानो
अनुश्रुति अनुसार छि लिन भलादमी
जनावर हो। यसलाई ज्ञानी र भलादमी
तथा इमानदारीको प्रतीक मानिएको
छ। त्यसपछि त्यो जनावर मानिसको
बच्चा पाउने आशा पूरा गर्ने
भगवान जस्तो जनावरका रुपमा
स्थापित हुनपुगेको छ।
सर्वसाधारणमा दक्ष र कार्यकुशल
पुस्तालाई "छि लिनका छोरा"
भनिन्छ। आकाशमा छि लिनका छोरा
छन् र जिन्दगीमा राष्ट्रिय
परीक्षामा पहिलो स्थान पाउने
व्यक्ति छन् भन्ने भनाइ प्रचलित
छ०। सो छि लिन काल्पनिक सिंहको
आकार निकै जल्दोबल्दो देखिन्छ।
|