CRI
चीनको मिङ र छिङ वंशताका (सन्
1368-1911) उत्तरी चीनको शान्सी
अर्थात वल्लो शान्सी प्रान्तका
ठूला व्यापारीहरुले आ-आफ्नो
थात-थलोमा धुमधामसित ठूल्ठूला
भवनहरु निर्माण गर्नेगरेकाले
त्यस प्रान्तमा ठुल्ठुला
आँगनहरुको निर्माण गर्न थालियो।
वल्लो शान्सी प्रान्तको
माझ-खण्डको लिङ श जिल्लामा वाङ
थरको परीवारको आँगन निकै शानदार
र भव्य देखिन्छ र त्यस आँगनलाई
मिङ र छिङ राज-वंशकालका
नागरिकहरुको आवास भवनको नमूनाका
रुपमा लिइएको छ।
पहेंलो माटोको अग्लो थुम्कोमा
भएको त्यस ठूलो आँगनको
क्षेत्रफल दश हजार वर्गमिटर
रहेको छ। नगर-गढ जस्तै देखिने
त्यस आवास भवनको भित्ता अग्लो र
मोटो देखिन्छ भने त्यसको मूल
ढोका पनि बलियो देखिन्छ।
वृद्ध-वृद्धा, वालिग-नावालिग,
पूजनीय व्यक्ति, नोकर-सुसारेको
दर्जा अनुसार आँगनमा कोठाको
व्यवस्था मिलाइएको छ भने पुरुष
र महिलाका लागि पनि
छुट्टा-छुट्टै बसोबासको व्यवस्था
मिलाइएको छ। ती कोठाहरुलाई
व्यवस्थित तरिकाले राम्रोसँग
मिलाएको मात्र नभई तीनमा केही
भिन्नता पनि देखिन्छ। त्यस घरमा
सूक्ष्म शीप-कौशलका आधारमा
विभिन्न बुट्टाहरु कुँदिएको छ
जसले मानिसहरुको ध्यान आकर्षित
गर्नेगरेको छ। आँगनभित्र पनि
अघिल्लो र पछिल्लो आँगनका रुपमा
विभाजन गरेर कोठाहरु पनि मूल
कोठा र पार्श्व कोठाका रुपमा
विभाजन गरिएको छ। हरेक आँगनका
मूल ढोका र कोठाका ढोकाहरु
गोलाकार वा चार-कुने आकारका
बनाइएको छ। आँगन-आँगनका बीचमा
बांगा-टिंगा बरण्डाहरु छन।
तीनीहरुलाई ढुंगे सिंढीद्बारा
पनि जोडिएको देखिन्छ। उत्तरी
क्षेत्रको निर्माण शैलीको सरलता
र दक्षिणी क्षेत्रको निर्माण
शैलीको सूक्ष्मता र सुन्दरता ती
आँगनहरुमा झल्किएको छ।
चित्रमा देखिने दृश्यहरु वाङ परीवारको ठूलो
आँगनको हुङ मन पाओ अर्थात लाल
द्बार नगर-गढको स मा ती भन्ने
आँगनको वाङ यु लो अर्थात
चन्द्रमा अवलोकन भवन तथा बरण्डा,
आँगनको ढोका, साना भवन, कोठा र
भित्ताहरु निकै सुव्यवस्थित
देखिन्छन।
|