CRI
चीनको वास्तु शैलीमा छानाको
सिंगारको निकै महत्वपूर्ण अर्थ
छ। चीनको हान वंश (इशा पूर्व
206 देखि सन 220) पछि चीनमा छाना
छाउनका लागि सामान्यतया च वै
नामको जनावरको आकारको टाएलको
प्रयोग गरिन्थ्यो। च वै भनेको
आजको ह्वेल माछा हो। यसको
सहाराबाट पानी छर्कन सकिन्छ।
त्यसैले त्यसलाई छानामा राखेपछि
आगलागी नहुने विश्वास गरिएको छ।
यसका अतिरिक्त, छानामा एउटा
माछा वा नागको पुच्छर जस्तो
टाएल राखिएको हुन्छ जसको अर्थ
पनि यस्तै-यस्तै छ। माछा र नाग
रुपी टाएल बाहेक चीनमा सुख र
आनन्दको द्योतक मानिएका केही
अन्य जनावर रुपी टाएलहरु पनि
छाना छाउनका लागि प्रयोग
गरिन्थ्यो। ती विभिन्न
जनावरहरुको आ-आफ्नै विशेष अर्थ
छ।
सोही चित्रमा सामान्यतया चीनको
युन नान प्रान्तमा छाना छाउन
प्रयोग गरिएको चिनियाँ
माटोद्बारा बनाइएको बिरालो रुपी
टाएल छ। त्यस बिरालाले मुख आँ
गरेको छ। त्यसको गोलो टाउको पूरै
जीउको दाँजोमा निकै ठूलो
देखिन्छ। उभिएको त्यस बिरालाको
अघिल्लो पञ्जाले चित्रमा छुदै
छ। त्यस “बिराला” लाई अर्ध
गोलाकार टाएलसँग जोडिएको छ।
|