CRI
शेन् सी प्रान्त चिनियाँ
प्राचीन साँस्कृतिको
मुहानमध्येको एक हो। आवास-भवनको
दृष्टिकोणबाट हेर्दा शेन् सी
प्रान्तको छि, लिन् श र स्यांग
फनका फार्म खालको आवास-भवन
सबैभन्दा प्रख्यात छन।
छ्याओ परीवारको आँगन शेन् सी प्रान्तको मध्य भागको
छि जिल्लाको छ्याओ च्या बाउ
गाउँमा पर्दछ। छिंग राज-वंशको
छिआन रुंग कालमा त्यसको निर्माण
शुरु भएको थियो र पछि केही थप
निर्माण पनि गरिएको थियो। त्यस
आँगनको सिंगै भाग चिनियाँ अक्षर
"दोहोरो खुशी"जस्तै छ। सो आँगनको
चारैतिर दश मिटर जति अग्लो
पर्खाल निर्माण गरिएको छ।
त्यसभित्र छवटा ठूला चोक र
उन्नाइसवटा साना चोक तथा तीन
सयभन्दा बढी घर छन। यौटा सीधा
बाटोले ती छवटा ठूला चोकलाई दुइ
भागमा विभाजित गरेको छ। ती
घरहरुका ढोका, झ्याल, छाना, भर्याङ
आदिलाई राम्ररी सजाइएको छ।
चित्रमा देखिने ढोका सो आँगनभित्रको बाटोको छेउमा
पर्दछ। सबैभन्दा राम्रो चीज
त्यस ढोकामा सुसज्जित काठको
कुँदाइ, इँटको कुँदाइ आदि हुन।
ती कुँदाइको विषय धेरैजसो
हिरा-मोती हुन। त्यस आँगनको ढोका,
घरको पाटी, बाटोबाट देखिने
शान्त, सुनसान र शान्दार
वातावरणले मानिसहरुलाई निकै
आकर्षित गर्दछ। यो नै शेन् सी
प्रान्तका व्यापारीहरुले
स्थापित गर्नखोजेका वातावरण हो।
|