CRI
चीनको परम्परागत काष्ठ कार्यमा सधैं
रेखाङ्कन-सूत्रको प्रयोग गरिन्छ।
खासगरी लामो र सिधा रेखा बनाउनका
लागि त्यसको उपयोग अनिवार्य छ।
माटो , ढुंगा वा झिंगटीको
कार्यमा पनि यसको उपयोग गरिन्छ।
यस रेखाङ्कन-सूत्रको पछाडिको
भागमा हातले घुमाउने एउटा चक्र
हुन्छ। सो चक्रको उपयोग गरी
मसीले भिजाइएको धागोलाई बेरिन्छ।
मार्करको अगाडिको भागमा मसी
राख्ने एउटा गोलो ठाउँ छ
जसभित्र धागो वा स्पन्ज राखिन्छ
जसमा मसि हाल्न सकिन्छ। सो धागो
चक्रबाट बाहिरतिर तान्न सकिन्छ।
रेखांकन गर्नुपर्ने ठाउँमा
त्यसको उपयोग गरिन्छ। उपयोग
गरिसकेपछि चक्रलाई उल्टोतिर
घुमाएर मसीले भिजेको धागोलाई
फर्काइन्छ। त्यस साधनलाई
प्राचीनकालमा "धागो मसी"
भनिन्थ्यो।
मसीबाट रेखाङ्कन गरिने यस साधनको
आकार र सजावट विविध किसिमको छ।
मसीको भण्डारको आकार आरुको,
माछाको र ड्रेगनको जस्तो हुन्छ।
चित्रमा देखिने मसीको
रेखाङ्कन-सूत्रको चक्रबाहिर
दुइवटा सिंह कुँदिएको छ। सिंहको
आकार साधारण र स्वाभाविक छ।
सिंहको अगाडिको खुट्टाले यौटा
सिक्कालाई थिचेको छ अनि धागो
घुम्दै तन्किंदै त्यस सिक्काको
प्वालबाट पार गर्दछ। सिंगै
रेखाङ्कन-सूत्रको कुँदाइ त्यति
सुक्ष्म छैन तर ज्यादै
प्राकृतिक छ। त्यसको बनौट हेर्दा
राम्रो र तीक्ष्ण छ। सिंगै
रेखाङ्कन-सूत्र हेर्दा सामान्य
देखिए तापनि यसको बनोट निकै
जटिल देखिन्छ। त्यसमा कोरिएका
बाङ्गाटिङ्गा रेखाहरु राम्ररी
जोडिएका छन जुन सङ्गीतको
तरङ्गजस्तो देखिन्छ।
|