CRI
खाट र काउच एक किसिमका सुत्ने साधन हुन। चीनमा ई.
पू पाँचौं शताव्दीदेखि ई. पू.
तेश्रो शताव्दीमा उत्पादन गरिएका
काठका खाटका अवशेषहरु पाइएका छन।
त्यो काठे खाटमा बार्निस लगाइएको
छ। अनि एकजना मात्र सुत्नसक्ने
काउच चीनको हान वंशमा (ई. पू
206 – सन् 220) नै देखा परेको
थियो। खाट र काउच यी दुइ किसिमका
सुत्ने साधन बीच चिनियाँहरुको
विचारमा त्यति फरक छैन। वास्तवमा
खाट र काउच झण्डै एउटै कुरा हो।
तर काउच अलि सानो, होचो र
साँघुरो हुन्छ। यसको ढाँचा पनि
किसिम-किसिमको हुन्छ। यसको बनौट
पनि लचिलो छ। काउच, काठको "पर्दा"
र टेबुल मिलाएर कोठालाई सुसजित
पार्न सकिन्छ। प्राचीन कालमा
एक्लो मान्छे बस्ने काउच पनि
थियो, दुइजना बस्नसक्ने काउच पनि
थियो। सुन वंश ( सन् 960 – 1279
) पछि अलि ठूलो काउच देखापरेको
थियो। मिन र छिङ्ग वंशमा (
शताव्दी 14– 19 ) तीन दिशातिर
काठको "पर्दा" भएको काउच पनि
देखा परेको थियो।
यस तस्वीरमा तीन दिशातिर
स्क्रीन भएको, लम्वाइ बराबर,
मोटाइ पनि बराबर भएको बाँसलाई
बांगोटींगो पारी बनाइएको अर्हत्
खाट निकै बलियो देखिन्छ। यस
खाटको बनोट सरल पनि छ र राम्रो
पनि। यसमा बस्दा र सुत्दा पनि
निकै आनन्द अनुभव हुन्छ। मानिसले
यस खाटलाई धेरै वर्षसम्म प्रयोग
गरेपछि रातो बार्निस लगाइएको
खाटको बाहिरी भाग झन् चिल्लो
देखिन्छ जसले घरको वातावरणलाई
झन मनमोहक बनाउँछ।
|