CRI
अ मै शान पहाडलाई "ता क्वांग मिंग
पहाड" पनि भनिन्छ। यो पहाड पश्चिमी
चीनको स छ्वान प्रान्तको दक्षिणी
भागमा पर्दछ। स छ्वान उपत्यका र
छिंग हाई-तिब्बत पठार-भूमि जोडिने
ठाउँमा अग्ला-अग्ला पहाडहरु छन्।
ती पहाडहरुमध्येको सर्वोच्च
चुचुरोको उचाइ समुद्र सतहदेखि
3099 मिटर छ। अ मै शान पहाडका
रमणीय प्राकृतिक दृश्य र वौद्ध
धर्मको पवित्र स्थल भएका कारण सो
पहाड विश्वमा प्रख्यात छ। रमणीय
प्राकृतिक दृश्य र लामो इतिहास तथा
साँस्कृतिक तत्वको राम्रो
सम्मिश्रण भएकाले त्यहाँ "विश्वभरिमा
अ मै ज्यादै सुन्दर" भन्ने उखान
चलेको छ।
अ मै शान पहाडमा धेरै किसिमका
प्राकृतिक वस्तुहरु छन्। त्यहाँ
नाना प्रकारका जीव-जन्तुहरु छन्।
विशेष गरी, बिरलै देखिने वनस्पतिका
धेरै किसिम त्यहाँ हुर्किरहेका छन।
त्यहाँको सम्पूर्ण भू-भागको 87
प्रतिशत भाग जंगलले ढाकेको छ।
त्यहाँ 3200 भन्दा बढी किसिमका
उच्चस्तरीय वनस्पति पाइन्छन्। यस
संख्याले चीनको वनस्पतिको कूल
संख्याका दश खण्डको एक खण्ड स्थान
ओगटेको छ। यी वनस्पतिमध्ये अ मै
शान पहाडमा मात्र पाइने वा त्यहीं
मात्र पत्तो लगाएका वनस्पतिको
किसिम एक सयभन्दा बढी छ। यस बाहेक,
यो पहाड धेरै किसिमका दुर्लभ
वन्य-जन्तुहरुको बसोबास रहेको
क्षेत्र पनि हो। यी जनावरहरुको
किसिम 2300 भन्दा बढी छ। त्यो
विश्वका जीवित वस्तु सम्बन्धी
अनुसन्धानको महत्वपूर्ण ठाउँ पनि
हो।
अ मै शान पहाड चीनको वौद्ध धर्मका
चारवटा प्रसिद्ध पहाड मध्येको एक
हो। वौद्ध धर्मको प्रसार-प्रचार,
गुम्बाको स्थापना र विकासका कारण
अ मै शान पहाड झनै रमणीय बन्दैगएको
छ र विश्वमा त्यसको महत्व झन-झन
बढ्दैगएको छ। धार्मिक सँस्कृति,
विशेष गरी वौद्ध धर्मलाई अ मै शान
पहाडको ऐतिहासिक सँस्कृतिको मुख्य
विषय मानिएको छ। पहाडमा रहेका सबै
वास्तुहरु, मूर्ति, संगीत र चित्र
आदि वस्तुहरुबाट धार्मिक
सँस्कृतिको गहन विषयलाई स्पष्ट
पारिएको छ। अ मै शान पहाडमा
गुम्बाहरु धेरै छन्। तीमध्ये "पाऊ
को" गुम्बा र "वान न्येन" गुम्बा
लगायतका आठवटा ठूला गुम्बाहरु
सबैभन्दा प्रसिद्ध छन।
"ल शान ठूला बुद्ध" को मूर्ति अ
मै शान पहाडको पूर्वी फेदीको "छि
ल्वान"चुचुरोमा पर्दछ। प्राचीन
कालमा त्यसलाई "मैत्रेय बुद्ध" वा
"च्या तिंग बुद्ध" भनिन्थ्यो। यो
मूर्तिको स्थापना कार्य थांग वंश
कालको पहिलो वर्षदेखि शुरु भएको
थियो र त्यसको नब्बे वर्षपछि
मात्र सम्पूर्ण कार्य पूरा भएको
थियो। सो मूर्तिको अगाडि ठूलो नदी
छ भने पछाडिपट्टि अग्लो पहाड छ।
त्यो मूर्ति हाल विश्वमा संरक्षित
पहाडमा रहेको सबैभन्दा ठूलो
ढुङ्गाको मूर्ति हो। त्यस ठाउँलाई
"पहाड पनि, मूर्ति पनि" भन्ने
उखानै छ। त्यो मूर्ति निकै शानदार
र गम्भीर देखिन्छ। त्यसको उचाई 71
मिटर छ। सो मूर्तिमा टाउको र जीउको
अनुपात ज्यादै मिलेको देखिन्छ।
त्यसबाट थांग वंशको समृद्धि,
सँस्कृतिको विशेषता प्रतिबिम्बित
भएको छ। मूर्ति छेउका दुइपट्टिका
भित्तामा नब्बेवटाभन्दा बढी
साना-साना ढुङ्गे मूर्तिहरु
कुँदिएका थिए।
अ मै शान पहाडको भौगोलिक स्थिति
विशेष खालको छ, अनौठो र रमणीय
प्राकृतिक दृश्य छ र राम्रोसँग
संरक्षित पर्यावरणीय वातावरण छ।
त्यस क्षेत्रमा प्रशस्त जनावर र
वनस्पतिहरु पाइन्छन्। यसैले
त्यसको आफ्नो विशिष्ट भौगोलिक
विशेषता छ। त्यहाँ बिरलै देखिने
वस्तुहरुको संख्या पनि अधिक छ।
त्यहाँ दुइ हजार वर्षभन्दा बढी
अवधिको, बुद्ध मुख्य विशेषता
रहेको, ठूलो परिमाणको
साँस्कृतिक सम्पत्ति छोडिएको छ।
इतिहास, चित्रकला, वैज्ञानिक
अनुसन्धान अथवा पर्यटन आदिका
दृष्टिकोणबाट हेर्दा अ मै शानका
प्राकृतिक दृश्य र साँस्कृतिक
सम्पत्तिको निकै उच्च मूल्य छ
जुन समस्त मानव जातिको साझा
सम्पति नै हो।
सन् 1996 मा साँस्कृतिक
सम्पत्ति र प्राकृतिक
सम्पत्तिका सम्बन्धित मापदण्ड
अनुसार अ मै शान पहाड र ल शान
ठूलो बुद्धलाई "विश्व सम्पदा
सूची"मा समावेश गरिएको छ। विश्व
सम्पदा परिषद्ले गरेको
मूल्यांकन अनुसार: पहिलो
शताव्दीमा चीनको स छ्वान
प्रान्तको अ मै शान पहाडको
अग्लो चुचुरोमा चीनको बुद्ध
धर्मको पहिलो गुम्बा बनाइएको
थियो। सो गुम्बा वरिपरि अन्य
गुम्बाहरु निर्माण गरिने क्रममा
यो ठाउँ बुद्ध धर्मको मुख्य
पवित्र स्थलहरुमध्येको एक
बनिसकेको थियो। त्यहाँ धेरै
शताव्दीदेखि यता निकै धेरै
साँस्कृतिक धन-सम्पत्ति
छोडिराखिएको थियो। यो
धन-सम्पत्तिमध्ये ल शान ठूलो
बुद्ध सबैभन्दा प्रसिद्ध छ।
आठौं शताव्दीमा मानिसहरुले एउटा
पहाडमा सो मूर्ति फेला पारेको
थिए। यस मूर्तिको उचाई 71 मिटर
छ र यो विश्वमा सबैभन्दा अग्लो
ढुङ्गे मूर्ति पनि हो। अ मै शान
पहाडमा जैविक वस्तुहरु प्रशस्त
छन्। विभिन्न कटिबन्धमा पाइने
वनस्पति त्यहाँ देख्न पाइन्छ।
त्यहाँका केही रुखको उमेर त एक
हजार वर्षभन्दा पनि बढी
पुगिसकेको छ।
|