CRI
चीनमा एउटा उखान छ: चीनमा पाँचवटा
प्रसिद्ध पहाड छन्, यी पाँचवटा
ठूला पहाडको पर्यटन गरेपछि अरु
पहाडको पर्यटन गर्नुपर्दैन, तर
चीनमा ह्वांग शान पहाड छ, ह्वांग
शान पहाडको पर्यटन गरेपछि उक्त
पाँचवटा पहाडको पर्यटन
गर्नुपर्दैन। यस उखानको अर्थ के
हो भने: ह्वांग शान पहाड जानुअघि
सर्वप्रथम चीनका पाँचवटा
विशेषतायुक्त पहाड अर्थात् पूर्वी
भागको थाइ शान पहाड, पश्चिमी
भागको ह्वा शान पहाड, मध्य भागको
सोंग शान पहाड, दक्षिणी भागको हंग
शान पहाड र उत्तरी भागको हंग शान
पहाडको भ्रमण गरेपछि बाँकी अरु
पहाडको भ्रमण गर्नुपर्दैन। तर
सर्वप्रथम ह्वांग शान पहाडको
भ्रमण गरेपछि उक्त पाँचवटा
विशेषतायुक्त पहाडको भ्रमण
गर्नुपर्दैन। यसैले ह्वांग शान
पहाडको आफ्नै विशेषता र सुन्दरता
छ।
ह्वांग शान पहाड मध्य-दक्षिणी
चीनको ह्वांग शान पहाडको दर्शनीय
स्थलमा अवस्थित छ। त्यसको
क्षेत्रफल 1200 किलोमिटर जति छ।
ह्वांग शान पहाड ज्यादै अग्लो छ।
यसैले पहाडका विभिन्न भागमा
भिन्नाभिन्नै किसिमको मौसम छ।
बादल र कुहिरोले प्रायस ढाकिरहने,
आर्द्रर्ता बढी हुने र धेरै पानी
पर्ने त्यहाँको मौसमको विशेषता
रहेको छ।
(चित्र:ह्वाँग शान पहाडको "यिंग
ख सोंग" सल्ला)
ह्वांग शान पहाडमा चीनका
पाँचवटा प्रसिद्ध पहाडका
विशेषता र रमणीय दृश्यहरु
देख्नपाइन्छ। विशेष गरी त्यहाँ
त्यसका चारवटा विशेषता छन्।
पहिलो विशेषता सल्ला हो। ह्वांग
शान पहाडको सबैभन्दा विशेष
दृश्य सल्लाका रुख हुन। त्यहाँ
औसत एक सय वर्षभन्दा पूराना
हजारौं सल्लाका रुखहरु छन। ती
सल्लाहरु प्रायजसो पहाडका
ढुङ्गाका बीच-बीचमा उभिएका छन र
तीनीहरु ज्यादै जिउँदा
देखिन्न्छन्। विशेषत: यु न्यु
चुचुरोमुनिका "यिंग ख सोंग"
सल्ला ह्वांग शान पहाडको
विशेषता बनिसकेका छन। "यिंग ख
सोंग" को अर्थ "पाहुनाको स्वागत
गर्ने सल्ला" हो। दोस्रो
विशेषता अनौठा ढुङ्गाहरु हुन्।
ह्वांग शान पहाड निकै अग्लो
भएका कारण पहाडका ढुङ्गाहरु
एकदमै खतरनाक र अनौठा
देखिन्छन्। पहाडको चुचुरो, मध्य
भाग र मुनिका ठाउँमा अनौठा
ढुङ्गाहरु जताततै देख्नपाइन्छ।
तेस्रो विशेषता समुद्र रुपी
बादलहरुले पहाडहरुलाई ढाक्ने
गर्दछन्। ह्वांग शान पहाडको
मौसम विविध प्रकारको छ। यसैले
पहाडका विभिन्न भागमा बादलले
ढाक्नेगरेको देखिन्छ। यस्तो
दृश्य निकै सुन्दर देखिन्छ।
यहाँको चौथो विशेषता तातो पानी
हो। ह्वांग शान पहाडमा तातो
पानीका मुलहरुको संख्या धेरै
छ।
ह्वांग शान पहाडको प्राकृतिक
वातावरण जटिल छ। त्यहाँको
पर्यावरणीय प्रणाली स्थिर र
सन्तुलित छ। भिन्नाभिन्नै
किसिमका वनस्पति त्यहीँ राम्ररी
सप्रिन्छन। त्यहाँको वनको
क्षेत्रफल 56 प्रतिशत छ भने
वनस्पतिले ढाकेको कूल क्षेत्रफल
83 प्रतिशत छ। त्यहाँ "ह्वांग
शान माउ फंग" नामक प्रसिद्ध
चिया र "ह्वांग शान लिंग च"
नामक विश्वप्रख्यात औषधी
पाइन्छ। ह्वांग शान पहाडमा भएका
पूराना रुखहरुको आ-आफ्नै अनौठो
विशेषता रहेकाले तीनीहरु
विश्वमा निकै प्रसिद्ध छन।
ह्वांग शान पहाड अधिकांश दुर्लभ
वन्य-जन्तुहरुको बसोबासका लागि
उपयुक्त क्षेत्र पनि हो।
(चित्र:बादलले प्रायस ढाकिरहने
ह्वाँग शान पहाड)
प्राकृतिक दृश्य बाहेक,
ह्वांग शान पहाडको गहन
साँस्कृतिक इतिहास पनि छ। चीनको
इतिहासमा धेरै कवि, चित्रकार र
अन्य कलाकारहरुले ह्वांग शान
पहाडका बारेमा प्रशस्त कला र
ग्रन्थहरुको सिर्जना गरेका छन।
कविताको हेतुबाट हेर्दा मात्र
प्राचीन चीनका ली पाइ, च्या
ताउ, फांग छंग ता, ष थाऊ र कोंग
च चन लगायतका प्रसिद्ध कविहरुले
ह्वांग शान पहाडको गुणगान गर्दै
कविताहरुको रचना गरेका छन।
हालसम्म संरक्षित त्यस्ता
कविताहरुको संख्या बीस
हजारभन्दा बढी छ।
कलाको विषयमा कुरा गर्दा ह्वांग शान
पहाडको विशेष चित्र-समूह छ जुन
ह्वांग शांग पहाडको सँस्कृतिमा
विद्यमान एउटा चहकिलो मणि हो।
ह्वांग शान पहाडको चित्र-समूहका
चित्रकारहरुले निरन्तर रुपमा
ह्वांग शान पहाडको रमणीय
दृश्यबाट नयाँ विचारको खोजी गरी
आफ्ना चित्रमा प्रशस्त विषय
समावेश गरेका छन। विश्वको
चित्र-मञ्चमा यस्ता चित्रहरुको
आफ्नो विशेष स्थान छ। आधुनिक
फोटोकारहरुले ह्वांग शान
पहाडलाई ग्रन्थको सिर्जनाको
मूहान बनाएर अधिकांश सुन्दर
फोटाहरु खिचेका छन। यसका
अतिरिक्त, चीनमा एउटा
किम्बदन्ती छ: चीन राष्ट्रका
प्रथम सम्राटले त्यहीं तपस्या
गर्नुभएको थियो। यसैकारण
अहिलेसम्म ह्वांग शान पहाडका
चुचुराहरुमध्ये प्रायजसोको नाम
देव-देवी सम्बन्धी
किम्बदन्तीबाट राखिएको छ। जस्तै
स्युन युआन चुचुरो, फु छ्यु
चुचुरो र ल्येन तान चुचुरो आदि।
यसैकारण ह्वांग शान पहाडले
चीनको ताउ धर्मको इतिहासमा निकै
महत्वपूर्ण स्थान लिएको छ।
अति विशेष प्राकृतिक दृश्य र गहिरो
साँस्कृतिक इतिहास भएका कारण
ह्वांग शान पहाडलाई सन् 1990मा
विश्व प्राकृतिक तथा साँस्कृतिक
सम्पदा सूचीमा समावेश गरिएको छ।
विश्व सम्पदा परिषद्ले यस्तो
मूल्यांकन गरेको छ: चीनको कलाको
इतिहासमा ह्वांग शान पहाडको
निकै उच्च स्थान छ। विश्वका
विभिन्न स्थानबाट आएका पर्यटक,
कवि, चित्रकार र फोटोकारहरुका
लागि ह्वांग शान पहाड स्थायी
मनोरञ्चनको आकर्षक शक्ति बनेको
छ।
|