CRI
र वा फू एक किसिमको तार बाजा हो।
युगुर जाति, ताज्जिक जाति र
उज्बेक जातिका मानिसहरु यस
बाजालाई निकै मन पराउँछन। र वा फू
बाजा चौधौं शताव्दीमा देखापरेको
हो। त्यसबेला सिंग च्यांग क्षेत्र
र स्वदेश तथा विदेशका विभिन्न
जातिका बीच व्यापक आर्थिक तथा
साँस्कृतिक आदान-प्रदान
हुनेगर्दथ्यो। युगूर जातिका
मानिसहरुले आफ्नो लोक बाजाको
आधारमा विदेशी बाजाको
श्रेष्ठतालाई ग्रहण गरी केही नयाँ
बाजाको सिर्जना गरेका थिए। ती नयाँ
बाजाहरुमा र वा फु एक हो जसको
प्रयोग हालसम्म पनि हुँदैआएको छ।
र वा फु काठबाट बनाइएको हुन्छ।
त्यसको विशेष बाह्य आकार हुन्छ।
त्यसको माथिल्लो भाग मसिनो,
शिरानमा बांगो र सबैभन्दा तल
अर्धगोलो खालको गुन्जन बाकस
बनाइएको हुन्छ।
र वा फु बाजा विभिन्न किसिमका छन: तीनवटा तारको,
पाँचवटा तारको, छवटा तारको, सातवटा
तारको, आठवटा तारको र नौवटा तारको।
साधारणतया सबैभन्दा बाहिरको तारको
उपयोग गरेर बजाइन्छ। अरु तारहरु
गुन्जन तार हुन।
र वा फु बाजाको आवाज ठूलो हुन्छ।
त्यसको स्वर विशेष किसिमको हुन्छ।
एकल वा समूहगत बजाइमा त्यसको सधै
उपयोग हुन्छ। र वा फु बजाउँदा बसे
पनि वा उभए पनि जीउ भने ठाडै
हुनुपर्छ।
र वा फु विभिन्न ढाँचाका हुन्छन।
युगूर जाति, ताज्जिक जाति र उज्बेक जाति यी तीनवटा
जातिहरु सबै नै सिंग च्यांग युगूर
जातिय स्वायत्त प्रदेशमा बसोबास
गर्दछन। तर तिनीहरुको र वा फुको
ढाँचा र आकार फरक-फरक हुन्छ र
बाजाको नाउँ पनि फरक हुन्छ।
ताज्जिक जातिको भाषामा र वा फुलाई
र बु फो भनिन्छ, युगूर जातिको
भाषामा यसलाई खा श र वाफु, तोलान
र वा फू वा भेडा गोठाला र वा फु
भनिन्छ। अनि उज्बेकि जातिको र वा
फु स्वर र ढाँचाको दृष्टकोणबाट
हेर्दा अन्य जातिका र वा फुभन्दा
फरक देखिन्छ।
संगीत:मेरो
र वा फू
|