CRI
गु छिंग बाजा चीनको प्राचीन
प्लकिंग बाजा हो । प्राचीनकाल गु
छिंग बाजालाई "छिंग"वा "याओ
छिंग"भनिन्थ्यो । त्यसको इतिहास
निकै लामो छ । झण्डै तीन हजार
वर्षअघिको चौ राज्य वंशताका चिनियां
जातिको पुर्खाले गु छिंग बाजा
बनाउन थालेको थियो ।
गु छिंग बाजाको आकार निकै राम्रो छ । त्यसको स्वर
पनि सुमधुर र मसिनो खालको छ र
त्यसको स्वर बहुपरिवर्तित पनि छ ।
प्राचीनकालका मानिसले गु छिंग बाजा
बजाउँदा नुहाउनु र लुगा फेर्नु
पर्थ्यो अनि त्यसपछि धूप बालेर
पलेटी कसेर बसी सो बाजालाई आफ्नो
खुट्टामा वा टेबुलमा राख्नु
पर्थ्यो । बाजा बजाउँदा मानिसले
देब्रे हातव्दारा बाजाको तारलाई
प्लकिंग गर्नु र दाहिने हातव्दारा
तारलाई थिच्नु पर्थ्यो । स्वरको
मापदण्ड निकै कडा छ ।
चीनको
प्राचीनकालका साहित्यकारसित गु
छिंग बाजाको संगीतको अविच्छिन्न
सम्बन्ध थियो । थुप्रै
प्राचीनकालीन कृतिमा अंकित गरिए
अनुसार चिनियां साहित्यकार गु
छिंग बाजाको संगीतमा मुख्य
सहभागितता हुंदै आएका छन् ।
उहांहरुले गु छिंग बाजाको रचना
, वादन , विश्लेषण र
प्रसार-प्रचारतर्फ महत्वपूर्ण
योगदान दिनुभयो ।
गु छिंग बाजाको निर्माण कार्य
यौटा विशेष कला नै हो। चीनका
थांग र सुंग राज्यवंशताका गु
छिंग बाजा बनाउने सुनौलो युग
थियो। त्यसबेला सुक्ष्म हस्तकला
र सुमधुर स्वरयुक्त मूल्यवान्
गु छिंग बाजा देखा परेका थिए ।
तर गु छिंग बाजाको निर्माण गर्ने
कार्यकौशल हराएको धेरै वर्षसम्म
थियो । पहिले पहिलेदेखि चल्दै
आएका गु छिंग बाजा त धेरैजसो
वादकहरुले स्वयं-आफैव्दारा
बनाएका हुन् । तीनको आकार र नाप
पनि एकिकृत छैन । यताका दर्जनौं
वर्षदेखि चीनले गु छिंग बाजा
बनाउने कार्य पुन शुरु गरेको छ
अनि त्यसको सुधार पनि गरेको छ ।
जसबाट सो प्राचीन बाजा पुन
मर्मस्पर्शी मोहकता देखाउन
सकियोस् ।
गु छिंग बाजासित समृद्ध प्रदर्शन-शक्ति ,खुशी , रिस
, दुख सुखको भावना र प्राकृतिक
दृश्यको वर्णन गर्ने क्षमता छ ।
अर्कातिर गु छिंग बाजाको वादन
तरीका पनि धेरै छन् । त्यसले
एक्लो रुपमा वा सामूहिक रुपमा
बजाउन सक्छ वा प्राचीनकाली गीत
गाउनका लागि साथ दिन्छ । हालै
विद्यमान रहेका गु छिंग बाजाका
धुनमा झण्डै आधाजति विशेष गरी
गीत गाउनका लागि साथ दिने धुन
हुन् ।
संगीत:《पहाड
र खोला》
|