CRI
व्हो पु स एक किसिमको प्राचीन
औंलाले धकल्ने र तान्ने गरेर
बजाउने बाजा हो। मंगोलियाली जातिका
मानिसहरु त्यसलाई खूबै मन पराउँछन।
बाजाको नाम अनुवाद गर्दा आवाजको
विविधताका आधारमा मानिसहरु
त्यसलाई "हाउ पि स""ह पि स" र "हु
पा छ" आदि भन्नेगर्छन। तर ती सबै
बाजा नै हुन। इसा पूर्व पहिलो
शताव्दीमा उत्तरी चीनका
बासिन्दाहरुले गु चन् बाजा र खोंग
हौ बाजाको आधारमा व्हो पु स जस्तो
नयाँ खालको बाजाको सिर्जना गरेका
थिए।
परम्परागत व्हो पु स बाजाको आकार
पन्यू जस्तै छ। त्यसको लम्बाई
नव्वे सेन्टिमिटर छ र त्यसको
टुप्पातिर बाङ्गो छ अनि अरु भाग
सिधा हुन्छ। गोलो खालको गुन्जन
बाकसलाई सर्पको छालाले ढाकिएको
हुन्छ। त्यसमा तीन/चारवटा तारहरु
हुन्छन। त्यो बाजा लामो र गुन्जन
बाकस सानो भएकाले त्यसको स्वर
उत्तरी चीनको घाँसे मैदानमा
सुनिनेखालको उच्च शैलीको छ। व्हो
पु स बाजा बजाउने तरिका अन्य
प्लकिंग बाजाको जस्तै छ । यस बाजा
तारलाई औंलाले धकलेर अनि तानेर
बजाइन्छ। व्हो पु स बाजालाई सधै
एक्लै बजाइन्छ। कहिलेकाहीं
नाच-गानका बेलामा साथ दिने बाजाका
रुपमा बजाइन्छ।
व्हो पु स बाजाको नाउँ तेह्रों र चौधौं शताव्दीमा
प्रकाशित ऐतिहासिक कृति《युओन्
राज-वंशको इतिहास—शिष्टता र
संगीत》मा देखा परेको थियो । त्यस
बेला व्हो पु स बाजालाई
राष्ट्रस्तरीय बाजाका रुपमा
तोकिएको थियो। ठूल्ठूला भोजमा
त्यसको सधै उपयोग गरिन्थ्यो। युआन्
राज-वंशको पतन भएपछि मिंग
राज-वंशका शासकहरुले मंगोलियाली
जातिका धेरै चालचलन र रितिरिवाजको
बिंडो थामेका थिए तथापि व्हो पु स
बाजालाई राष्ट्रस्तरीय बाजाको
सूचीबाट हटाएका थिए। सत्रौं
शताव्दीमा सत्तामा रहेको छिंग
राज-वंश कालमा मंगोलियाली जातिको
चालचलन र रितिरिवाजको वाहुल्यता
फेरि बढ्नथाल्यो। यसैकारण व्हो पु
स बाजालाई फेरि राष्ट्रस्तरीय
बाजाका रुपमा राखिएको थियो। त्यस
बेला भोजमा व्हो पु स बाजा
बजाउनुबाहेक शाही परीवारका
सदस्यहरुले हरके वर्षको पहिलो दिन
र पहिलो महिनाको पाँचौं दिन आयोजना
गरिने भव्य समारोहमा र शिकार गर्न
जाँदा व्हो पु स बाजा बजाउँने चलन
थियो।
छिंग राज-वंशपछि विविध कारणले गर्दा व्हो पु सको
उपयोग विस्तारै कम हुनथाल्यो। नयाँ
चीनको स्थापनापछि सङ्गीत क्षेत्रका
मानिसहरुको प्रयासमा
पूरातात्त्विक तथ्यहरुका आधारमा
नयाँ खालको व्हो पु स बाजा बनाएको
थियो। त्यसको बाह्य आकार पूराका
पूरै मंगोलियाली जातिको
परम्पराअनुसार छ। नयाँ खालको व्हो
पु स बाजाले केही तार बाजाको
विशेषतालाई अँगालेको पाइन्छ।
जसबाट नयाँ खालको व्हो पु स बाजाको
स्वर झन मिठो बन्नगएको छ।
संगीत:मंगोलियाली जातिको स्थानीय《सेतो
झण्डा आ स् र》
|