CRI
तोंग बु ला बाजा काजाक जातिको
प्राचीन प्लकिंग बाजा हो। काजाक
जातिका केही परीवारका झण्डै सबैजना
तोंग बु ला बाजा बजाउन जान्दछन।
कजाकी भाषामा तोंग बु लाको विशेष
अर्थ रहेको छ। "तोंग"को माने
बाजाको स्वर हो र "बु ला"को माने
बाजाको टोन तय गर्नु हो।
तोंग बु ला बाजाको इतिहास धेरै लामो छ। इसा पूर्व
तेस्रो शताव्दीमा त्यो चीनको
सिंग च्यांग क्षेत्रमा प्रचलित
थियो।
तोंग बु ला बाजा मुख्यतया काठबाट बनाइएको हुन्छ।
त्यसको आकार यौटा ठूलो चम्चा जस्तै
हुन्छ। सबैभन्दा पहिले तोंग बु
लाको उत्पादन निकै सरल थियो। लोक
कलाकारले यौटा काठलाई चम्चाको
आकार दिएर त्यसलाई यौटा काठको
प्लेटले छोपेर भेडाका दुइवटा
आन्द्रालाई तारका रुपमा जडेर नौवटा
धुन निस्किने तार जडिएपछि तोंग बु
ला बाजा बन्थ्यो। तोंग बु ला बाजा
काजाक जातिका लोक गायक-गायिकाहरुका
लागि छोड्ननसकिने बाजा हो।
तोंग बु ला बाजालाई एक्लै र सामूहिक रुपमा बजाउन
सकिन्छ र अरु बाजाका लागि साथ दिने
बाजाका रुपमा पनि बजाउन सकिन्छ।
तोंग बु ला बाजा बजाउने तरिका
अन्य धेरै प्लकिंग बाजा जस्तै बूढी
औंला र चोर औंलाले बजाइन्छ। त्यसले
घाँस चउरको धारा, चराको आवाज र
भेडा-च्यांग्रा तथा घोडाहरु
दौडिरहेका दृश्यको प्रदर्शन गर्न
सक्छ, त्यस्तो दृश्यको भावना
अभिव्यक्त गर्नसक्छ।
संगीत:《जन्मथलोको
सम्झना》
|