CRI
खोंग हौ बाजा चीनको प्राचीन
प्लकिंग बाजा हो। त्यसको इतिहास
लामो छ। पाठ्य-सामग्रीको
अनुसन्धान अनुसार त्यसको इतिहास
दुइ हजार वर्षभन्दा पनि पूरानो छ।
प्राचीन कालमा दरबारीया
आर्केस्ट्रामा बाहेक जनसाधारणका
बीच पनि खोंग हौ बाजाको उपयोग
गरिन्थ्यो। चीनको थांग
राज-वंशकालमा आर्थिक तथा
साँस्कृतिक विकास द्रुत गतिले
भएकाले खोंग हौ बाजा बजाउने कला
पनि निकै उच्च स्तरमा पुगेको थियो।
त्यहीं अवधिमा चीनको प्राचीन खोंग
हौ बाजा जापान र कोरिया जस्ता
छिमेक मुलुकमा फैलिएको थियो।
जापानको नाइल्यान ठूलो मन्दिरमा
अहिलेसम्म पनि थांग राज-वंशका
दुइवटा खोंग हौ बाजाका अवशेष
सुरक्षित छन। तर चौधौं शताव्दीको
पछिल्लो अवधिदेखि यो प्राचीन बाजा
चलनमा आउन छोडेकाले
विस्तारै-विस्तारै हराएर गयो।
अहिलेआएर मानिसहरु पहिलेका
भित्त-चित्रमा मात्रै खोंग हौ
बाजाका केही चित्रहरु देख्न
पाउँछन।
धेरै वर्षदेखि परित्यक्त अवस्थामा रहेको यस बाजालाई
फेरि साँस्कृतिक मञ्चमा ल्याउनका
लागि गत शताव्दीको पचासको दशकदेखि
चिनियाँ संगीतकार र बाजा
निर्माताहरुले थुप्रै अनुसन्धान
कार्य गरी प्राचीनकालीन कृति र
सुरक्षित प्राचीन भित्ते-चित्रको
आधारमा केही खोंग हौ बाजाको
डिजाइन र परिक्षणका रुपमा उत्पादन
गरेका छन। तर ती खोंग हौ बाजा निकै
अपूर्ण भएकाले प्रचलनमा आउनसकेका
छैनन। गत शताव्दीको असीको दशकको
शुरुमा एक किसिमको नयाँ खालको
खोंग हौ बाजा अर्थात् येन् चु
खोंग हौ बाजाको अनुसन्धान गरी
उत्पादन गरिसकिएको छ। त्यसको बनौट
तुलनात्मक रुपमा पूर्ण र
वैज्ञानिक किसिमको छ। त्यसको
स्वरसित जातीय विशेषता मिसिएको छ।
यसैले संगीत क्षेत्रमा यसको
व्यापक प्रयोग हुनथालेको छ।
नयाँ खालको येन् चु खोंग हौ बाजा बेलायती बाजा जस्तै
छ। त्यसको आकार आकाशमा उड्ने कर्याङ-कुरुङ
जस्तै छ। यसैले यसको नाउँ येन् चु
खोंग हौ बाजा राखिएको हो। यस
बाजाका दुइवटा नली हुन्छन र हरेक
नलीमा छत्तिसवटा तार हुन्छन।
येन् चु खोंग हौ बाजाको स्वर सुमधूर र स्वरको सीमा
निकै व्यापक छ। त्यसबाट चिनियाँ
जातीय संगीत बजाउन सकिन्छ र बेलायी
संगीत पनि बजाउन सकिन्छ।
संगीत:《टाटेपाटे
बांस》
|