अर हु बाजा
CRI


      अर हु बाजा चीनका प्रख्यात तार-बाजामध्येको एक हो। यस बाजा इस्वी सम्वत सातौं शताव्दीदेखि दशौं शताव्दीसम्म चीनको थांग राज-वंशकालमा विकसित भएको थियो। त्यस बेला मुख्यतया उत्तर-पश्चिमी चीनका अल्पसंख्यक जातिमा अर हु बाजा निकै प्रचलित थियो। एक हजार वर्षभन्दा बढी समयको विकासको इतिहासमा अर हु अपेराका लागि साथ दिने बाजाका रुपमा रहँदैआएको छ ।

      अर हु बाजाको बनौट निकै सरल छ। काठको यौटा मसिनो लठ्ठी, जसको लम्बाइ अन्दाजी असी सेन्टिमिटर हुन्छ, मा दुइवटा तार जडिएका हुन्छन र त्यस लठ्ठीको मुनि यौटा कपजस्तो गुन्जन बाकस बनाइएको हुन्छ र त्यसलाई बजाउनका लागि घोडाको पुच्छरबाट बनाइएको गजो हुन्छ। वादकले अर हु बाजा बजाउँदा सधैं बसेर बजाउनुपर्छ। बजाउँदा बायाँ हातले बाजा समातिन्छ र दायाँ हातले गजो समातिन्छ। अर हु बाजाको क्षेत्र निकै फराकिलो छ। त्यसको स्वर झण्डै मानिसको स्वर जस्तै हुन्छ। यसैले त्यो गाउने विशेषतायुक्त बाजा हो। केही मानिसहरुले त्यसलाई चिनियाँ बेला बाजा भन्नेगरेका छन। अर हु बाजाको धून निराशावादी जस्तो भएकाले त्यो बाजा गम्भीरखालको अथवा दु:खद प्रदर्शनका लागि उपयुक्त छ।

      सन् 1949 पछि अर हु बाजाको उत्पादन, सुधार र बजाउने कलामा अरु विकास भइसकेको थियो। त्यसलाई एक्लै पनि बजाउन सकिन्छ, नाच-गान, ओपेरा वा संगीतमा सहयोगी बाजाका रुपमा पनि यसको प्रयोग गर्नसकिन्छ। चिनियाँ जातीय आर्केस्ट्रामा अर हु बाजा मुख्य बाजा बनेको छ र बेलायती आर्केस्ट्रामा बेलाको रोल जस्तै छ।

      अर हु बाजाको उत्पादन सरल, भाउ सस्तो र सिक्न सजिलो भएकाले चिनियाँहरु यसलाई खुबै मन पराउँछन। यो चिनियाँ सर्वसाधारणहरु माझ निकै लोकप्रिय छ।

      संगीत:《खाली पहाडमा चरा गाइरहेको छ》