CRI
दि च बाजा चीनमा निकै प्रचलित
फुकेर बजाइने बाजा हो। प्राकृतिक
बाँसबाट बनाइएकाले त्यसलाई "चु
दि" भनिन्छ।
दि च बाजा बाँसको यौटा नलीबाट बनाइएको हो। नलीमा
यौटा फुक्ने प्वाल, यौटा छोप्ने
प्वाल र छवटा स्वर निकाल्ने प्वाल
हुन्छन। फुक्ने प्वाल दि च बाजाको
पहिलो प्वाल हो। यस प्वालमा फुकेर
नलीभित्रको हावालाई हल्लाएर स्वर
निकालिन्छ।
दि च बाजा छोटो, सानो र सरल भए तापनि त्यसको इतिहास
सात हजार वर्ष लामो छ। अन्दाजी
चार हजार पाँच सय वर्षअघि दि च
बाजा हाडबाट बनाइन्थ्यो। हाल
त्यसलाई बाँसबाट बनाउन थालिएको छ।
इसा पूर्व पहिलो शताव्दीको
अन्ततिर हान् वु बादशाहको
राज्यकालमा दि च बाजालाई "हन् व्छी"
भनिन्थ्यो। त्यस बेलाको फुकेर
बजाइने बाजामा त्यसको ज्यादै
महत्वपूर्ण स्थान थियो। सातौं
शताव्दीदेखि दि च बाजामा फेरि
सुधार गरिएको थियो। त्यसबाट त्यसको
अभिव्यक्ति क्षमतामा ठूलो विकास
हुनुका साथै बजाउने प्रविधि पनि
निकै उच्च स्तरमा पुगेको थियो। दशौं
शताव्दीसम्ममा सुन् राज-वंशको
कविता र युआन राज-वंशको ओपेराको
उत्थान हुनुका साथसाथै दि च बाजा
कविता पढ्न र ओपेरा गाउनका लागि
साथ दिने मुख्य बाजा बन्नपुगेको
थियो। स्थानीय ओपेरा तथा
अल्पसंख्यक जातिको ओपेराका लागि
साथ दिने आर्केस्ट्रामा दि च बाजा
अनिवार्य बाजा हो।
दि च बाजाको प्रदर्शन क्षमता
निकै उच्च छ। त्यसबाट लामो र
चर्को धुन बजाउन सकिनुका साथै
फराकिलो र व्यापक भावनाको पनि
प्रदर्शन गर्न सकिन्छ। साथै
त्यसबाट खुशियाली र मनोहर अनि
सुमधुर संगीत पनि बनाउन सकिन्छ।
यस बाहेक प्रकृतिका विभिन्न
स्वर निकाल्न पनि यो बाजा
प्रयोगमा आउँछ। जस्तो भनौं
त्यसको उपयोगबाट विभिन्न
चराहरुको स्वरको नक्कल गर्न पनि
सकिन्छ।
दि च बाजाका धेरै प्रकार छन। जसमा छ्यु दि बाजा,
पांग दि बाजा, यु फिंग दि बाजा,
सातवटा प्वाल हुने दि बाजा र
एघारवटा प्वाल हुने दि आदि छन।
ती बाजाहरु पनि दक्षिणी भागको
दि च बाजा र उत्तरी भागको दि च
बाजामा विभाजित भएका छन।
दक्षिणी भागको दि च बाजा मुख्यतया चीनको दक्षिणी
क्षेत्रमा उपयोगी छ र उत्तरी
भागको दि च बाजा मुख्यतया उत्तरी
चीनमा प्रचलित छ।
संगीत:《कु
सुको यात्रा》
|