CRI
बिआन् चोंग बाजा चीनको
प्राचीनकालको ठोकेर बजाउने
महत्वपूर्ण बाजा हो। त्यो चोंग
बाजामध्येको एक हो। बिआन् चोंग
ठूला र साना विभिन्न चोंग "घण्टा"
लाई नियमित रुपमा यौटा काठको
दराजमा झुण्ड्याएर राखिएको एक दल
वा केही दलमा संकलित बाजा हो।
त्यसको स्वर पनि उच्च र तिखो अनि
फरक-फरक छ। युगको परिवर्तनका
साथसाथै बिआन् चोंग बाजाको आकारमा
पनि परिवर्तन आएको छ।
चीनमा बिआन् चोंग बाजा आजभन्दा तीन हजार पाँच सय
वर्ष अघि सांग राज-वंश कालमा
देखापरेको थियो। तर त्यस बेलाको
बिआन् चोंग धेरैजसो तीनवटा घण्टीको
थियो। पछि युगको विकासका साथसाथै
प्रत्येक बिआन् चोंगमा भएका
घण्टीको संख्या बढ्दैआएको देखिन्छ।
प्राचीन कालमा बादशाहको
दरबारभित्र मात्र बिआन् चोंग
बाजाको उपयोग गरिन्थ्यो।
सर्वसाधारणहरुमा यसको प्रयोग एकदमै
कम हुन्थ्यो। युद्ध शुरु गर्ने,
भेटघाट गर्ने वा पूजा गर्ने
कार्यक्रम भएमा मात्र बिआन् चोंग
बाजा बजाइन्थ्यो।
चीनको प्राचीन कालमा बिआन् चोंग
बाजा कुलीन समाजमा विशेष रुपमा
उपयोग गर्ने बाजा थियो। त्यसलाई
श्रेणी र अधिकारको प्रतीक
मानिन्थ्यो। हालसालै चीनको युन्
नान्, शान् सी र हु पै प्रान्तमा
प्राचीनकालीन राजा वा राजकुमार
तथा कुलीन वर्गका मानिसहरुका
समाधिमा कैयौं बिआन् चोंग बाजा
भेट्टिएका छन। तीमध्ये सबैभन्दा
आकर्षक बाजा हु पै प्रान्तको
स्वी जिल्लामा भएको चन् हौ यी
समाधिमा पाइएको चन् हौ यी बिआन्
चोंग बाजा थियो। सो बाजा बनाउने
कौशल निकै राम्रो र सुक्ष्म थियो
र जसको स्वरको क्षेत्र निकै
फराकिलो थियो। अनि त्यस बिआन्
चोंग बाजामा दुइ हजार आठ सयवटा
अक्षरहरु अंकित छन जुन संङ्गीत
सम्बन्धी विशेष भाषा थियो।
यसबाट प्राचीन चीनको संङ्गीत र
साँस्कृतिको विकासको स्तर
प्रतिबिम्बित भएको छ।
सन् 1982 मा उ हान् शहरको जातीय बाजा कारखानाले चन्
हौ यी बिआन् चोंग बाजाका आधारमा
प्राचीन कालको यस बाजाको नक्कल
गर्ने बिआन् चोंग बाजाको
उत्पादन गरेको थियो जुन बाजामा
चौबीसवटा घण्ट थिए र हरेक
घण्टबाट दुइ किसिमको स्वर
निकाल्न सकिन्थ्यो।
अब सुन्नुहोस् । बिआन् चोंग
बाजाव्दारा बजाइएको
《छु राज्यवंशको व्यापारी》नामक
संगीत । सो संगीतबाट चिनियां
प्राचीनकालीन कवि छ्यु युआनको
भावना प्रतिविम्बित छ ।
|