CRI
ढोल बाजा चीनमा साधारणतया ठोकेर
बजाइने बाजा हो। ढोलको उत्पत्ति
निकै अघि भएको थियो। हाल पत्ता
लगाइएका पूरातात्त्विक तत्वअनुसार
ढोलको इतिहास तीन हजार वर्ष पूरानो
भएको कुरा निश्चित भएको छ।
प्राचीन कालमा पूजा गर्ने र
नाच-गान गर्ने कार्यक्रममा ढोल
बजाइन्थ्यो र शत्रुलाई आघात पुर्याउने
र जंगली जनावरलाई धपाउने कार्यका
लागि पनि त्यसको उपयोग हुन्थ्यो।
यसका अतिरिक्त, त्यो समयका बारे
जानकारी दिने र चेतावनी दिने साधन
पनि थियो। समाजको विकासका साथसाथै
ढोलको उपयोग क्षेत्र झन-झन फराकिलो
हुँदैआएको देखिन्छ। जातीय
आर्केस्ट्रा, विभिन्न ओपेराका लागि
साथ दिने, नाच-गान, ढुंगा खियाउने
प्रतियोगिता र सिंह-नाच नाच्ने,
मनाउने वा रमाउने समारोह अनि
श्रमिक प्रतियोगिता आदि
कार्यक्रमबाट ढोलजस्ता बाजालाई
अलग्याउन सकिंदैन। ढोलको बनौट निकै
सरल छ। यसमा काठ र छाला गरी दुइटा
भाग छन। चिनियाँ ढोलका जात धेरै
छन। तीनमा कम्मर ढोल, ठूलो ढोल,
तामाको ढोल र गमला ढोल आदि समावेश
छन।
कम्मर ढोलको बीचमा मोटो र दुइ
छेउ मसिनो बनाइएको हुन्छ। त्यसको
दुबैपट्टि गाई वा घोडाको छालाले
मोडिएको हुन्छ। कम्मर ढोल चार
प्रकारका छन। यसको नियमित उच्च
स्वर छैन। तथापि यसको स्वर निकै
सुस्पष्ट र मधूर छ। स्थानीय
नाचमा साथ दिनका लागि त्यसको सधैं
उपयोग गरिन्छ। त्यो नाचमा साथ
दिने बाजा पनि
हो। अर्कातिर त्यो नर्तकहरुको
सजावटको साधन पनि हो। अभिनय
गर्दा नर्तकहरुले ढोललाई आफ्नो
कम्मरमा झुण्ड्याएर दुइवटा घन
आकारका गजाले ढोलमा ठोकेर
बजाउँछन।
संगीत:《बाघले
दांत पिस्छ》
|