CRI
श्री लिउ वेन् चिन् धून सिर्जनाका
क्षेत्रमा एकजना प्रसिद्ध
सङ्गीतकार हुनुहुन्थ्यो। उहाँले
सन् 1961मा पैचिङ्गस्थित
केन्द्रीय सङ्गीत अध्ययन
संस्थानबाट स्नातक गर्नुभएको थियो।
उहाँले चीनका धेरै संगीत इकाइहरुमा
काम गर्नुभएको छ। जस्तो कि, उहाँले
केन्द्रीय जातीय फिलार्मोनिक
समाजका प्रमुख, चिनियाँ कलाकार
संघ परिषद्का सदस्य र संगीत
सिर्जना समितिका उप-प्रमुखको पदमा
रहेर काम गरिसक्नुभएको छ। सन्
2001मा उहाँ गणतन्त्र कोरियाको
केन्द्रीय विश्वविद्यालयका
प्रोफेसर पनि हुनुभयो।
उहाँले पैचिङ्ग केन्द्रीय सङ्गीत
अध्ययन संस्थानमा अध्ययन गर्दा नै
धेरै संगीत सिर्जना गरिसक्नुभएको
थियो। त्यस बेला उहाँ कलेजको
उत्कृष्ट विद्यार्थी हुनुहुन्थ्यो।
सन् 1982 , 1993 र 1999मा उहाँले
धेरै पुरस्कार प्राप्त गर्नुभयो।
उहाँले चीन, एशिया, यूरोप र
अमेरिकामा समेत आफ्नो नाम कमाउनु
भयो।
चालिस वर्षभन्दा बढी समयावधिमा उहाँले चल-चित्र,
श्रृंखलाबद्ध टेले-नाटक, अन्य नाच
तथा नाटकका लागि सङ्गीत बनाउने
काम गर्नुभयो।
चिनियाँ जातीय संगीतको क्षेत्रमा उहाँ
प्रतिनिधित्वयुक्त कलाकार
हुनुहुन्छ। सन 1989 को
सेप्टेम्बरमा हङ्गकङ्गमा विशेष गरी,
संगीतकार लिउ थिएन व्हा र लिउ वेन्
चिन शिर्षकमा एक सङ्गीत समारोहको
आयोजना गरिएको थियो।
श्री लिउ वेन् चिनले आमन्त्रित भएर यूरोप, अमेरिका
र एशियाका कयौं दशक मुलुकहरुमा
प्रदर्शन गर्नुभएको छ। उहाँ
हङ्गकङ्ग, सिंगापुर, थाइ वानमा
उहाँको सम्मानमा आयोजित सङ्गीत
कार्यक्रमका निर्देशक हुनुहुन्थ्यो।
उहाँले जापान र गणतन्त्र कोरियाका
सङ्गीतकारहरुसँगै मिलेर एशियाली
सङ्गीत मञ्चको स्थापना गर्नुभएको
थियो।
त्यसैगरी चीनको साँस्कृतिक मन्त्रालयले सङ्गीतको
क्षेत्रमा उहाँको विशेष योगदानको
कदर गर्दै उहाँको उच्च मूल्याङ्कन
गरेको छ। उहाँले चिनियाँ राज्य
परिषदले प्रदान गरेको सम्मान-पत्र
र सरकारी निवृत्तिभरण पनि प्राप्त
गर्नुभएको छ।
संगित:
<लामो पर्खाल सम्बन्धी कल्पना>
|