CRI
संङ्गीतकार फु लिनको जन्म सन 1946को जनवरी सत्र
तारिखका दिन चीनको है लुन च्याङ्ग
प्रान्तको फु चिम शहरमा भएको हो।
उहाँले चिनियाँ जन-मुक्ति सेनाको
कला अध्ययन संस्थानबाट सन् 1968मा
स्नातकको उपाधि हासिल गर्नुभएको
थियो। उहाँले चिनियाँ सङ्गीतकार
संघको परिषद अन्तर्गत विकास
समितिका उप-प्रमुख र चिनियाँ हल्का
सङ्गीत संघका उपाध्यक्षको पद
सम्हाल्नुभएको छ।
चालिस वर्षको उमेरमा उहाँले चिनियाँहरुलाई निकै मन
परेका एक हजारभन्दा बढी गीत
सिर्जना गरिसक्नुभएको छ। जस्तो "सूर्य
सबैभन्दा रातो, अध्यक्ष माओ
सबैभन्दा घनिष्ट", "आमाको मुवाइं
kiss", "नीलो आकाश र समुद्र" र "जन्मस्थलको
हिउँ" आदि। उहाँले भन्नुभएको छ:
जन-समूहलाई मन परेको गीत मलाई पनि
मन परेको गीत नै हो।
श्री फु लिनले चल-चित्र र टेले-नाटकका लागि पनि धेरै
गीत लेख्नुका साथै तीनको धून पनि
बनाउनुभएको छ। जस्तो "चु तेह", "लिउ
शाउ छि", "लिउ कू लान" र "समुद्रको
ज्वार-भाटा" आदि। उहाँ सधैं
विदेशमा आयोजित हुने
अन्तर्राष्ट्रिय सभा-सम्मेलनहरुमा
चीनको साँस्कृतिक मन्त्रालयका
तर्फबाट सहभागी हुनुभएको छ। उहाँले
धेरै युवा सङ्गीतकारहरुलाई
हुर्काउनुभएको छ।
सन् 1986 र 1987 मा उहाँले हार्बिन र सि आन शहरमा
आफ्नो सङ्गीत कार्यक्रमको आयोजना
गर्नुभएको थियो। सन 2000 मा चिनियाँ
केन्द्रीय टेलिभिजनले उहाँका लागि
एउटा विशेष सङ्गीत कार्यक्रमको
आयोजना गरेको थियो।
गीतः
<सानो सीप>
|