थिएन हान
CRI



      श्री थिएन हान चिनियाँ नाटक आन्दोलनका संयोजक एवम् नाटकका सुधारकर्ता हुनुहुन्थ्यो। उहाँ नाटक, ओपेरा, चलचित्र, कविता र संगीतका क्षेत्रमा कलम चलाउनुहुन्थ्यो। उहाँ एकजना प्रसिद्ध नाटककार र कवि हुनुहुन्थ्यो।

      उहाँको जन्मथलो हू नान प्रान्तको छाङ्ग शा शहर हो। उहाँ सन्
1898मा एकजना किसानको परीवारमा जन्मनुभएको थियो। उहाँले साम्राज्यवाद र सामन्तवाद विरोधी आन्दोलन र चीनको नयाँ साँस्कृतिक आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएको थियो। सन् 1932 मा उहाँ चिनियाँ कम्युनिष्ट पार्टिका सदस्य बन्नुभएपछि उहाँले बाम्पन्थी विचारधारायुक्त नाटक र चलचित्रको सिर्जना गर्ने मुख्य व्यक्ति हुनुहुन्थ्यो। उहाँले सिर्जना गर्नुभएको “याङ्ग सि नदीको ठूलो आँधी”भन्ने नाटक चीनको सबैभन्दा पहिलो क्रान्तिकारी गीती-नाटक हो। त्यसपछि उहाँका शब्द र श्री नि एरलेको धुनमा तयार पारिएको“मार्च अफ द भोलुन्टीर्स” शिर्षकको संगीत नयाँ चीनको स्थापना भएपछि चीनको राष्ट्रिय गीत बनेको छ।

      नयाँ चीनको स्थापना भएपछि उहाँले धेरै ऐतिहासिक नाटकको सिर्जना गर्नुभएको थियो। तर गत शताव्दीको साठीको दशकमा चीनमा भएको महान साँस्कृतिक क्रान्तिका बेला "चार समूह" द्बारा उहाँलाई निकै यातना दिइयो र अनि सन् 1968मा उहाँलाई बेपत्ता पारियो। उहाँले आफ्नो परीवारसँग पनि अन्तिम विदाइ गर्न पाउनुभएन। अनि उहाँको अस्तु कहाँ छ त्यो पनि थाहा छैन। सन् 1979को अप्रिल बीस तारिखका दिन आयोजित श्री थिएन हानको अस्तु सेलाउन आयोजित समारोहमा उहाँलाई सबै दोषबाट मुक्त गरिएको छ।

      श्री थिएन हानको जीवन अवधिमा जम्मा साठीवटाभन्दा बढी नाटक, बीसवटाभन्दा बढी ओपेरा र दशवटाभन्दा बढी चलचित्रको सिर्जना गर्नुभएको थियो। हाल उहाँका नौ सयभन्दा बढी कवितालाई संरक्षित अवस्थामा राखिएको छ। प्रकाशित अवस्थामा रहेका“थिएन हान ग्रन्थ”सोह्रजटाभन्दा बढी छन्। चिनियाँ ओपेरा र कविताको इतिहासमा उहाँको योगदान श्वर्ण अक्षरमा कुँदिएको छ।
 

      गीतः < चिनियाँ सेवक सेविकाहरुको गीत >