श्यु फै डोङ्ग
CRI


        श्यु फै डोङ्ग सन् 1954 को फेब्रुअरी एक तारिखका दिन दा लिएनमा जन्मनुभएको हो। उहाँ सन् 1970मा फु चाउ सैनिक क्षेत्रको नाट्य-दलका निर्देशक हुनुहुन्थ्यो। उहाँले सन् 1976मा केन्द्रीय संगीत अध्ययन संस्थानको संगीत विभागमा सिक्नुभएको थियो। सन् 1985देखि चीनको नाच-गान सेवामा काम गर्न थाल्नुभएको थियो। सन् 1992 र 1996 मा उहाँले चीनको गीत-संगीत क्षेत्रमा धेरै पुरस्कार प्राप्त गर्नुभएको थियो।

      उहाँको तीनवटा साँगितिक रचना छन्- गीती-नाटक: "जनरलको सद्भावना ", सिनेमा: "रोक्क युवक", टेले-नाटक: "तगारो, महिला र कुकुर"। संगीतहरुमा "तगारो भित्ताको छायाँ", "युन चन् सम्राटको शासन", "गाउँ-थलोमा मेरो माया" , "गाउँ-थलोप्रतिको सद्भावना" र "तीतो स्वादयुक्त केटी" आदि समावेश छन।

      गीतः <जताततै गीत गाइरहेको>