CRI
छिआउ यु सन 1927मा शान तुङ्ग
प्रान्तको चि निङ्ग नगरमा
जन्मनुभएको हो। उहाँको पूरानो नाम
छिङ्ग पाउ थियो। चीनमा उहाँलाई
सर्वोच्च गीतकार भनिन्छ।
सन् 1946 मा उहाँ चीनको उत्तरी विश्वविद्यालयको कला
विभागमा भर्ना हुनुभएको थियो।
सन् 1949 मा, नयाँ चीनको स्थापना भएपछि उहाँ
केन्द्रीय नाट्य इंस्टिट्यूट,
चिनियाँ नाट्य संस्थान र चिनियाँ
साँस्कृतिक मन्त्रालय अन्तर्गत
रचना शाखामा कार्यरत रहनुभयो।
सन् 1977 पछि उहाँले केन्द्रीय नाट्य मण्डलीका
उप-प्रमुख, प्रमुख र चिनियाँ
नाटककार संघको परिषदका सदस्यको पद
सम्हाल्नुभएको थियो। उहाँ चिनियाँ
जन-राजनीतिक परामर्शदात्री
सम्मेलनको राष्ट्रिय समितिका
सदस्य हुनुहुन्थ्यो।
उहाँको सिर्जना युगको माग अनुसारको रहेको छ। गत
शताद्बीको पचासको दशकमा उहाँले
चल-चित्र-साहित्त्य "साइली लिउ ",
"क्रान्तिकारी केटो", फीयोनियाको
गीत "मेरो मातृ-भूमि", "वल्लो शान
सी प्रान्तको रमणीय दृश्य", अनि
असीको दशकमा "मेरो मनको गुलाफ", "आजको
रात बिर्सनु गाह्रो छ", "चीनप्रतिको
माया", " सम्झना " र "मातृ-भूमिको
प्रशंसा" आदि संगीतको सिर्जना
गर्नुभएको थियो।
उहाँका प्रतिनिधिमूलक गीतः "आजको रात बिर्सनु गाह्रो
छ" ,"चीनप्रतिको माया ", "वल्लो
शान सी प्रान्तको रमणीय दृश्य" र
"मेरो मनको गुलाफ" आदि हुन्।
गीतः
<मेरो मातृभूमिमाथि माया>
|