CRI
श्री येन ल्यांग खुन चिनियाँ
संगीतकार संघका उपाध्यक्ष एवम्
चीनको केन्द्रीय सिम्फोनी
आर्केस्ट्राका निर्देशक हुनुहुन्छ।
उहाँको जन्म सन् 1923 मा चीनको वु
हान शहरमा भएको हो। सन् 1938 मा
जापानद्वारा भड्काइएको चीन विरोधी
अतिक्रमणकारी युद्धकालदेखि यता उहाँ
सङ्गीत निर्देशक हुनुहुन्थ्यो। सन्
1940मा उहाँले “ह्वांग ह नदी
समवेत गान”को निर्देशन गर्नुभयो।
सन् 1942 मा उहाँले चीनको
राष्ट्रिय संगीत अध्ययन संस्थान
अन्तर्गत संगीत सिर्जना सेवामा
प्रवेश गर्नुभयो। सन् 1947 मा उहाँ
स्नातक भएपछि हंगकंगस्थित चिनियाँ
संगीत अध्ययन संस्थानमा संगीत
सिर्जना तथा संगीत निर्देशनको
कार्य गर्नुभयो।
सन् 1949 मा नयाँ चीनको स्थापना भएपछि
श्री येन ल्यांग खुन चिनियाँ
संगीत अध्ययन संस्थानका शिक्षक
हुनुका साथै यस अध्ययन संस्थानका
समवेत गान सञ्चालक बन्नुभयो। सन्
1954 मा उहाँले पहिलेको सोभियत
संघमा अध्ययन गर्नुभयो। सन् 1958
मा स्वदेश फर्केपछि उहाँले चिनियाँ
केन्द्रीय समवेत गानका सञ्चालक
हुनुभयो। सन् 1959 मा चीनको
राष्ट्रिय दिवसका लागि उहाँको
निर्देशनमा बिथोविनको नवौं
सिम्फोनी प्रदर्शन गरिएको थियो।
सन् 1964मा उहाँले “पूर्वतिर रातो”
शिर्षकको दश हजार जना सम्मिलित
समवेत गानका प्रथम निर्देशक
गर्नुभयो। सन् 1979 मा उहाँको
नेतृत्वमा रहेको चीनको केन्द्रीय
समवेत गान टोलीले फिलिपिन्स गई
पहिलो अन्तर्राष्ट्रिय समवेत गान
दिवसमा भाग लिएको थियो। सन् 1982
मा उहाँको निर्देशनमा चिनियाँ
केन्द्रीय समवेत गान समूहले
पश्चिमी यूरोपका ओपेरा गाएको थियो।
उहाँले शिक्षाका क्षेत्रमा गर्नुभएको
योगदानको प्रशंसा गर्न सन् 1983मा
हंगेरिको कोदालि परिषद्ले श्री
येन ल्यांग खुनलाई “पुरस्कृत पदक”
दिएको थियो। सन् 1985 मा उहाँको
नेतृत्वमा चिनियाँ केन्द्रीय
समवेत गान समूहले हंगकंग गई “
ह्वांग ह नदी संगीत महोत्सव” भाग
लिएको थियो। त्यसपछि आमन्त्रित
भएर चिनियाँ केन्द्रीय समवेत गान
समूहले हंगकंगमा आयोजित “एशियाली
कला महोत्सव” मा भाग लिएको थियो।
सन् 1986 मा उहाँ दोश्रो “पैचिंग
समवेत गान महोत्सव”मा स्थायी
सदस्य तथा सङ्गीत निर्देशक टोलीका
प्रमुख हुनुभयो। उहाँको निर्देशनमा
चिनियाँ केन्द्रीय समवेत गान
समूहले दोश्रो “पैचिंग समवेत गान
महोत्सव”मा पहिलो स्थान प्राप्त
गरेको थियो।
श्री येन ल्यांग खुनको नेतृत्वमा संगीत
प्रतिनिधि-मण्डलले सधैंजसो अमेरिका,
दक्षिण-पूर्वी एशिया लगायतका
मुलुकहरुमा प्रदर्शन गर्नेगरेको
छ। उहाँ चीनको व्यावसायिक समवेत
गान समूहका संस्थापकहरुमध्येका एक
मात्र नभई चीनका वरिषठ निर्देशक
पनि हुनुहुन्छ।
सङ्गीत:《हंग ह नदी समवेत गान》
|