CRI
श्री छन् से याङले सन् 1953 मा
चीनको सङ्गीत अध्ययन संस्थान
अन्तर्गत माध्यमिक विद्यालयमा
पढ्नुभएको थियो। सन् 1960 मा
उहाँले चीनको सङ्गीत अध्ययन
संस्थानको निर्देशन सेवामा
पढ्नुभएको थियो। सन् 1965 मा
उहाँले श्रेष्ठ उपलव्धिमार्फत
स्नातक गरी शांगहाईको बाले टोली
अन्तर्गत आर्केष्ट्रामा स्थायी
सङ्गीत निर्देशक हुनुभएको थियो।
गत शताव्दीको सत्तरीको दशकदेखि यता
उहाँले प्रजातान्त्रिक
जन-गणतन्त्र कोरिया, जापान,
क्यानाडा र फ्रान्स लगायतका
मुलुकहरुमा प्रदर्शन गर्नुभएको
थियो।
सन् 1981 मा श्री छन् से याङ अमेरिका जानुभयो।
उहाँले अमेरिकाको प्रख्यात
विश्वविद्यालय— याले
विश्वविद्यालयका प्राध्यापक ओटो
मुलरबाट सङ्गीत निर्देशन सम्बन्धी
शिक्षा ग्रहण गर्नुभयो। त्यसपछि
उहाँले न्यू-योर्कको आधुनिक
सङ्गीत टोली, बरुकलिन सिम्फोनी
आर्केष्ट्रासँगै मिलेर प्रदर्शन
गर्नुभएको थियो।
सन् 1982 मा श्री छन् से याङले अमेरिकाको
आस्बन सङ्गीत महोत्सवमा प्रदर्शन
गरी ठूलो सफलता प्राप्त गर्नुभएको
थियो। त्यसपछि उहाँले फिलिपिन्सको
राष्ट्रिय सिम्फोनी आर्केष्ट्रा र
हंगकंगको आर्केष्ट्रालाई निर्देशन
गर्नुभएको थियो। त्यसपछि फ्रान्सको
सङ्गीतको आवाज भन्ने कम्पनीको
निमन्त्रणामा उहाँले पैचिंगको
केन्द्रीय सङ्गीत टोलीलाई
निर्देशन गरी बिथोविनको पहिलो तथा
चौथो सिम्फोनीको आयोजना गर्नुभएको
थियो। उहाँले ठूलो ढाँचाको
गीती-नाटक 《चीनको क्रान्तिकारी
सङ्गीत》को निर्देशन कार्यमा भाग
लिनुभएको थियो।
सन् 1985 देखि यता श्री छन् से याङले पहिलेको
सोभियत संघ, जापान, स्कटल्याण्ड,
इटली, स्वीटरल्याण्ड,
प्रजातान्त्रिक जन-गणतन्त्र कोरिया,
गणतन्त्र कोरिया, मकाउ, अमेरिका,
थाइल्याण्ड, सिंगापुर, अस्ट्रेलिया,
जर्मनी लगायतका मुलुक तथा
क्षेत्रमा सङ्गीत कार्यक्रमको
आयोजना गर्नुभएको थियो।
सन् 1987 मा श्री छन् से याङले “शांगहाईको
वसन्त” शिर्षककव सङ्गीत महोत्सवमा
उत्कृष्ठ सङ्गीत निर्देशकको
पुरस्कार पाउनुभएको थियो। उहाँको
निर्देशनमा रहेको बेला-सङ्गीत—
ल्यांग चुले सन् 1989 मा स्वर्ण
डिस्क पुरस्कार पाउनुभएको थियो।
श्री छन् से याङ अहिले शांगहाई सिम्फोनी
आर्केष्ट्राका प्रथम सङ्गीत
निर्देशक, शांगहाई सङ्गीतकार संघका
उपाध्यक्ष, शांगहाई सिम्फोनी
प्रेमी संघका प्रमुख हुनुहुन्छ।
सङ्गीत:
या लु चांग पु नदी
|