CRI
प्राध्यापक चङ श्याउ यींग
चीनको पहिलो महिला सगीत निर्देशक
हुनुहुन्छ। उहाँ चिनियाँ ओपेराका
प्रथम सगीत निर्देशक, केन्द्रीय
संगीत अध्ययन संस्थानको संगीत
निर्देशन सेवाका प्रमुख
हुनुहुन्थ्यो। अहिले उहाँ
व्यावसायिक सिम्फोनी आर्केष्ट्राका
प्रथम संगीत निर्देशक हुनुहुन्छ।
सन् 1981 मा उहाँले सास्कृति
मन्त्रालयद्वारा वितरण गरिएको
श्रेष्ठ संगीत निर्देशकको
पुरस्कार पाउनुभएको थियो। सन्
1985 मा उहाँले फ्रान्सको साहित्य
तथा कला सम्बन्धी मानार्थ पदक
प्राप्त गर्नुभएको थियो।
श्रीमति चङ श्याउ यींगले सन् 1947 मा
चिंग लिंग महिला विश्वविद्यालय
अन्तर्गत जीव विज्ञान तथा संगीत
सेवामा पढ्नुभएको थियो। सन् 1948
मा उहाँले मुक्ति क्षेत्र गई सङ्गीत
कला टोलीमा काम गर्नुभएको थियो।
सन् 1952 मा उहाँले चिनियाँ
केन्द्रीय संगीत अध्ययन संस्थानमा
संगीत सिर्जना कार्य सिक्नुभयो।
सन् 1955 मा उहाँले संगीत
निर्देशन सिक्न शुरु गर्नुभयो। सन्
1960 मा उहाँले पहिलेको सोभियत
संघ गई मास्कोस्थित छाइकोभस्की
संगीत अध्ययन संस्थानमा पढ्नुभएको
थियो। उहाँको प्रमुख ओपेरा तथा
संगीत निर्देशन थियो। सन् 1962 मा
उहाँले इटलीको ओपेरा टोस्काको
निर्देशन गरी सफलता प्राप्त
गर्नुभयो। उहाँलाई चीनको सबैभन्दा
श्रेष्ठ संगीत-निर्देशकहरुमध्येका
एक मानिएको छ।
सन् 1978 देखियता श्री मति चङ श्याउ
यींग चीनका महत्वपूर्ण संगीत
प्रदर्शनका संगीत निर्देशक
बन्नुभएको छ। उहाँले《सयौं दुलाहा》,
《कारमन》, 《फिकारोको विवाह》लगायतका
चीन र विदेशका ओपराको निर्देशन गरी
प्रदर्शन गर्नुभएको छ। उहाँले
चिनियाँ केन्द्रीय संगीत टोली,
चीनको प्रसारण सिम्फोनी
आर्केष्ट्रा, चीनको केन्द्रीय
ओपेरा लगायतका दशवटाभन्दा बढी
सिम्फोनी आर्केष्ट्रासँग सहयोग गरी
संगीत समारोहको आयोजना गर्नुभएको
छ। उहाँको निर्देशनमा रहेका केही
ओपेरा, जस्तै: 《सयौं दुलाहा,
《कारमन》र केही चिनियाँ सिम्फोनी
तथा ओपेराहरुलाई डिस्कमा रेकर्ड
गरेर स्वदेश र विदेशमा बिक्री
गरिएको छ।
श्रीमति चङ श्याउ यींग चीनका सबैभन्दा
अनुभवी संगीत-निर्देशक सम्बन्धी
प्राध्यापक हुनुहुन्छ। उहाँका
कतिपय विद्यार्थीहरुले हालका केही
वर्षहरुमा अमेरिका, फ्रान्स, इटली,
अस्ट्रिया लगायतका मुलुकहरुमा
आयोजित अन्तर्राष्ट्रिय निर्देशन
प्रतियोगितामा सधैं सर्वोच्च
स्थान प्राप्त गर्नुभएको छ। यसका
अतिरिक्त, उहाँले सक्रियताका साथ
विभिन्न संगीत कार्यक्रममा भाग
लिनुभएको छ। उहाँले विभिन्न
तरिकामार्फत सर्वसाधारणहरुलाई
संगीत सम्बन्धी ज्ञान दिनुभएको छ।
उहाँका प्रत्यक्ष श्रोताहरुको
संख्या दुइ लाख पुगेको छ। सन्
1980 देखि यता श्रीमती चङ श्याउ
यींगले जापान, अमेरिका, इटली,
फिन्ल्याण्ड, जर्मनी, फ्रान्स,
हल्याण्ड, बेल्जियम, आयरल्याण्ड,
थाइल्याण्ड लगायतका मुलुकहरुमा
सिम्फोनी कार्यक्रमहरुको आयोजना
गर्नुभएको छ। उहाँले, आमन्त्रित
भएर, छ पटक फिन्ल्याण्ड,
स्वीटरल्याण्ड लगायतका मुलुकहरुमा
《कारमन》लगायतका विश्व प्रसिद्ध
ओपेराको निर्देशन गर्नुभएको छ।
उहाँको निर्देशनले जनमतको उच्च
मूल्यांकन पाएको छ।
|