CRI
श्री लि द लुन चिनियाँसिम्फोनी
आर्केष्ट्राका सल्लाहकार र चिनियाँ
संङ्गीतकार संघका उपाध्यक्ष
हुनुहुन्छ। श्री श्री लि द लुनको
जन्म सन् 1917 मा पैचिंगमा भएको
हो। वालक कालमा उहाँले पियानो तथा
बेला वादना सिक्नुभएको थियो। फु
रन् विश्व विद्यालयमा पढ्दा उहाँले
गुरु तथा सहपाठीहरुसँगै विद्यार्थी
आर्केष्ट्रा टोलीको गठन गर्नुभएको
थियो। सन् 1940 मा उहाँले शांहाई
संङ्गीत अध्ययन संस्थानमा
पढ्नुभएको थियो। उहाँले
भायोलेनोसेलो तथा संङ्गीतको
सिद्धान्त सिक्नुभएको थियो।
सन् 1942मा श्री लि द लुनले
शांगहाईमा आफ्ना सहपाठीहरुसँगै
मिलेर “चिनियाँ युवा सिम्फोनी
आर्केष्ट्रा”को गठन गर्नुभएको थियो।
सन् 1943 मा शांहाई संङ्गीत
अध्ययन संस्थानबाट स्नातक भएपछि
उहाँले यान आन शहर गई चिनियाँ
केन्द्रीय आर्केष्ट्रल संङ्गीत
टोलीका निर्देशक तथा शिक्षक
हुनुभयो। सन् 1949 मा उहाँ
पैचिंगमा चिनियाँ केन्द्रीय ओपेरा
नाट्यशालाका निर्देशक हुनुभयो।
सन् 1953 देखि यता प्रख्यात निर्देशक
प्राध्यापक आनासोभको विद्यार्थीको
हैसियतले श्री लि द लुनले पहिलेको
सोभियत संघको मास्को संङ्गीत
अध्ययन संस्थानको संङ्गीत
निर्देशन सेवामा अध्ययन गर्नुभयो।
उहाँ सन् 1957 को शरद ऋतुमा
स्वदेश फर्केर चिनियाँ केन्द्रीय
संङ्गीत टोलीका निर्देशक हुनुभयो।
पैचिंग र चीनका अन्य ठाउँमा प्रदर्शन
गर्नुबाहेक, श्री लि द लुनको
नेतृत्वमा रहेको चिनियाँ सिम्फोनी
आर्केष्ट्राले जापान,
प्रजातान्त्रिक जन-गणतन्त्र कोरिया,
हंगकंग विशेष प्रशासनिक क्षेत्र,
मकाउ विशेष प्रशासनिक क्षेत्रमा
प्रदर्शन गरेको छ। निर्देशकको
हैसियतले उहाँले पहिलेको सोभियत
संघको लेनिनग्राद तथा मास्को
लगायतका बीसवटाभन्दा बढी संङ्गीत
टोलीको नेतृत्व गरी फिन्ल्याण्ड,
चेक र क्यूबा लगायतका मुलुकहरुमा
प्रदर्शन गर्नुभएको थियो। सन्
1959 देखि उहाँले धेरै पटक ठूलो
पैमानाको संङ्गीत टोलीको निर्देशन
गरी प्रदर्शन गर्नुभएको थियो। सन्
1987 मा उहाँले पैचिंगमा आयोजित
“सिम्फोनीको वसन्त” शिर्षकको ठूलो
ढाँचाको संङ्गीत कार्यक्रममा
उहाँले आठ सय जनाबाट गठित संयुक्त
संङ्गीत टोलीलाई निर्देशन
गर्नुभएको थियो।
सन् 1985 पछि श्री ली द लुनले
लक्जेम्बर्ग, स्पेन, जर्मनी,
पोर्चुगल, क्यानाडा, अमेरिका
लगायतका मुलुकहरुमा प्रदर्शन
गर्नुभयो। सन् 1995 मा उहाँले
थाइवानमा बीसौं शताव्दी
चिनियाँहरुको संङ्गीत प्रदर्शनमा
भाग लिनुभएको थियो।
श्री ली द लुनले श्री ह ल्यु तिंग, मा
स छौं, ल्व चौं रौं, वु चु छ्यांग,
छन् फै श्युन लगायतका चिनियाँ
संङ्गीतकारका सिम्फोनीको प्रदर्शन
गर्नुका साथै विदेशमा 《ह्वांग ह
नदी समवेत गान》, 《पहाड तथा
वन-जंगलको गीत》लगायतका बीसवटाभन्दा
बढी चिनियाँ संङ्गीतको प्रदर्शन
गर्नुभयो। उहाँले विश्वको
प्रख्यात एग्जेक्युटेन्ट
ओइस्ट्राक, मेनुहिन, स्टेम, मा यौ
यौ, निकोलाएभ, स्टाक्मन र चीनका
संङ्गीतकार फु छौं, ल्यु स् खुन,
शन श्यांग, क्व शु चन, हु खुन,
ल्य्वी स् छिंग, श्वेन वै लगायत
संङ्गीतकारसँगै सहयोग गरी
प्रदर्शन गर्नुभएको थियो।
श्री ली द लुन सन् 1985 मा फ्रान्सको
पेरिसमा अन्तर्राष्ट्रिय बेला
वादन प्रतियोगिताका निर्णायक
हुनुहुन्थ्यो। सन् 1986 मा उहाँ
मास्कोमा छाइकोभ्स्की
अन्तर्राष्ट्रिय भाइलेनसेलो
प्रतियोगिताका निर्णायक
हुनुहुन्थ्यो।
धेरै वर्षदेखि यता श्री ली द लुनले
सिम्फोनीको प्रचार-प्रसार र त्यसको
विकासका लागि अथक प्रयास गर्नुभएको
थियो। उहाँले पैचिंग, थेन चिन,
क्वांग चौ लगायतका बीसवटा शहरमा
संङ्गीत टोलीको स्थापना गर्नुभएको
थियो। उहाँले पैचिंग संङ्गीत कइ,
क्वांग चौ संङ्गीत कक्षको
निर्माणका लागि सहायता दिनुभएको
थियो।
सन् 1980मा श्री ली द लुनले
चिनियाँ सँस्कृति मन्त्रालयबाट
मानार्थ निर्देशक पुरस्कार
प्राप्त गर्नुभयो। सन् 1986 मा
उहाँले हंगेरी सरकारको सँस्कृति
मन्त्रालयबाट लिस्ट पदक प्राप्त
गर्नुभयो। सन् 2001 को अक्टोबर
उन्नाइस तारिखका दिन रोगका कारण
श्री ली द लुनको निधन भयो।
संङ्गीत:
वसन्त चाड संङ्गीत
|