CRI
श्री छन् चो ह्वांगको जन्म चीनको
शांगहाई शहरमा भएको थियो। सन्
1956 मा उहाँ चिनियाँ केन्द्रीय
संङ्गीत अध्ययन संस्थान अन्तर्गत
माध्यमिक विद्यालयको पियानो
सेवाबाट स्नातक हुनुभयो। सन् 1981
मा उहाँ चिनियाँ केन्द्रीय
संङ्गीत अध्ययन संस्थानको संङ्गीत
निर्देशन सेवाबाट स्नातक हुनुभयो।
सन् 1981 को ग्रीष्म ऋतुमा विश्वका
प्रसिद्ध संङ्गीत निर्देशक सेचि
ओचावाको निमन्त्रणामा श्री छन् चो
ह्वांगले अमेरिकाको प्रख्यात
टेनकलवुत संङ्गीत केन्द्र तथा
मिचिकन विश्वविद्यालयमा संङ्गीत
सिक्नुभयो। सन् 1982 मा उहाँले
संङ्गीतमा स्नातकोत्तरको डिग्री
प्राप्त गर्नुभयो। सन् 1985 मा
उहाँले मिचिगन विश्वविद्यालयबाट
संङ्गीत निर्देशन सम्बन्धी
संङ्गीत कलामा विद्यावारिधि हासिल
गरेपछि संङ्गीतका क्षेत्रमा
विद्यावारिधि हासिल गर्ने उहाँ नयाँ
चीनको प्रथम व्यक्ति बन्नुभयो।
सन् 1985 देखि 1987 सम्म श्री छन् चो
ह्वांग अमेरिकाको कानसास
विश्वविद्यालय अन्तर्गत कला
अध्ययन संस्थानमा उप-प्राध्यापक
हुनुहुन्थो। त्यसपछि उहाँ मानार्थ
प्राध्यापक बन्नुभयो।
सन् 1987 मा श्री छन् चो ह्वांग चीनको
केन्द्रीय संङ्गीत टोलीका
निर्देशक हुनुहुन्थो। यसका साथै
उहाँको नेतृत्वमा रहेको संङ्गीत
टोलीले अमेरिकाका न्यू-योर्क,
वाशिंटन, शिकागो, सनफ्रान्सिस्को,
लस-आन्जलस लगायतका चौबीसवटा शहरमा
ऐतिहासिक प्रदर्शन गरेको थियो।
उहाँका संङ्गीत कार्यक्रमहरु निकै
सफल भएका थिए।
सन् 1990 देखि 2000 सम्म श्री छन् चो
ह्वां अमेरिकाको विटचिटा सिम्फोनी
आर्केष्ट्राका निर्देशक
हुनुहुन्थ्यो। सन् 1992 देखि 1996
सम्म श्री छन् चो ह्वां अमेरिकाको
द रौत आइल्याण्ड फिलार्मोनिक
आर्केष्ट्राका निर्देशक हुनुहुन्थो।
त्यस अवधिमा उहाँले धेरै पटक रौत
आइल्याण्डका गभर्नर कला पुरस्कार
प्राप्त गर्नुभएको थियो। उहाँले
संङ्गीत टोलीका संङ्गीतकार-सदस्य
तथा श्रोताहरुको ठूलो प्रशंसा तथा
सम्मान कमाउनुभएको थियो।
श्री छन् चो ह्वांग धेरै वर्षदेखि यता,
आमन्त्रित भएर, बीसवटाभन्दा बढी
मुलुक तथा क्षेत्रमा संङ्गीत
टोलीका निर्देशक हुनुहुन्थ्यो।
तीमध्ये चुरिच टोनहाले आर्केष्ट्रा,
भानकायभर सिम्फोनी आर्केष्ट्रा,
मेक्सिको राष्ट्रिय सिम्फोनी
आर्केष्ट्रा, अमेरिकाको टानजलेवुद
संङ्गीत महोत्सव आर्केष्ट्रा,
जर्मनीको हमवर्ग युवा आर्केष्ट्रा,
रुसको फिलार्मोनिक आर्केष्ट्रा,
स्लोभाकियाको रेडियो सिम्फोनी
आर्केष्ट्रा, इजरेलको हाइफा
सिम्फोनी आर्केष्ट्रा, हंगकंगको
फिलार्मोनिक आर्केष्ट्रा,
प्रजातान्त्रिक जन-गणतन्त्र
कोरियाको पुसन फिलार्मोनिक
आर्केष्ट्रा, थाइपैको सिम्फोनी
आर्केष्ट्रा लगायतका तीसवटाभन्दा
बढी सिम्फोनी आर्केष्ट्राका
निर्देशक हुनुभएको थियो। उहाँको
निर्देशन-कलालाई श्रोताहरु तथा
संङ्गीतकारद्वारा प्रशंसा गरिएको
छ।
सन् 1996 मा श्री छन् चो ह्वांगले आफ्ना
आशिंक विदेशी नेतृत्वदायी पदबाट
राजीनामा दिएर चीन फर्कनुभयो।
पहिलेको चिनियाँ केन्द्रीय
संङ्गीत टोलीका आधारमा उहाँले
चिनियाँ सिम्फोनी आर्केष्ट्राको
गठन गरी त्यसको कला-निर्देशकको पद
सम्हाल्नुभयो। चिनियाँ सिम्फोनी
आर्केष्ट्राले तीन/चार वर्षमा
विश्वका सयौंजना श्रेष्ठ
संङ्गीतकारलाई चीन आएर प्रदर्शन
गर्न निमन्त्रणा गरेको छ।
तीनीहरुले चीन र विदेशका प्रशस्त
सिम्फोनी प्रदर्शन गरी चीनको
सिम्फोनी क्षेत्रको विकासलाई अघि
बढाएको छ।
संङ्गीत:
सूर्य उदाउँदा मानिसहरुलाई
खुसी लाग्यो
|